आर्सनल फेरि बन्यो लिग लिडर

काठमाडौं । उल्भ्सलाई हराउँदै आर्सनल इङलिस प्रिमियर लिग तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गए राति उल्भ्सको मैदानमा २-० को जित निकाल्दै आर्सनलले एक अंकको अग्रता लिएको हो ।

प्रिमियर लिग तालिकामा ३२ खेल खेलेको म्यान्चेष्टर सिटी दोस्रो स्थानमा छ भने उल्भ्समाथि जित निकाल्दै आर्सनलले ७४ अंक जोडेको हो ।

उल्भ्सविरुद्ध महत्वपूर्ण तीन अंक दिलाउनका लागि लिनार्दो ट्रोसार्ड र मार्टिओडेगार्डले एक-एक गोल गरे । खेलको ४५औं मिनेटमा गोल गर्दै ट्रोसार्डले पहिलो हाफअघि आर्सनललाई १-० को अग्रता दिलाएका थिए । ९० मिनेटपछिको इन्ज्युरी समयमा ओडेगार्डले गोल गर्दै आर्सनलको जित सुनिश्चित गराए ।

गएराति नै भएको अन्य खेलमा लुटन टाउनलाई ५-१ ले हराउँदै ब्रेन्टफोर्ड १४औं स्थानमा उक्लिएको छ । १९औं स्थानको बर्नलेले २०औं स्थानको शेफिल्ड युनाइटेडलाई ४-१ ले हरायो । प्रिमियर लिग अन्तर्गत आज एभर्टन र नटिङ्घम फरेस्ट, क्रिष्टल प्यालेस र वेष्टह्याम युनाइटेड, एष्टन भिल्ला र बर्नमाउथ र फुलह्याम र लिभरपुलबीच प्रतिष्पर्धा हुँदैछ ।

Comments are closed.