नुवाकोट । आफूलाई तपस्वी दाबी गर्दै आएका रामबहादुर बम्जनलाई नुवाकोट अदालतले साधारण तारेखमा रिहा गरेको छ ।महिला बेपत्ता बनाएको मुद्दामा नुवाकोट प्रहरीले १५ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको माग दाबीसहित मुद्दा दायर गरेको थियो।
तर उनलाई थुनछेक बहसपछि जिल्ला न्यायाधीश सुभाषवावु पुरीको इजलासले साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो । उनलाई छुट्टै मुद्दा दायरका लागि कडा सुरक्षाको साथ सिन्धुपाल्चोक लगिएको छ।
सोही मुद्दाका सम्वन्धमा अनुसन्धान गर्न बम्जनलाई ढुंगेस्थित नुवाकोट जिल्ला कारागारमा तीन सातासम्म राखिएको थियो । गत २०६९ सालमा नुवाकोटको म्यागङ गाउँपालिका–३ की २० वर्षीया एक महिलालाई आश्रमबाटै बेपत्ता बनाएको उजुरीमाथि प्रहरीले बम्जनमाथि मुद्दा दायर गरेको थियो ।
तपस्वी बम्जनलाई सर्लाही जिल्ला अदालतल बाल यौन दुराचार मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय र ५ लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको थियो।
Trending Now
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकार पुरस्कार “नवप्रज्ञापन”लाई
- रूसी क्षेत्रमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न पुटिनको निर्देशन
- International conference on sustainable tourism to be held in Kathmandu
- US to impose travel ban on 41 countries, including Bhutan
- राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै, आन्दोलन तयारी र रणनीति बनाउने
- अनेसासका पिता सुवेदीलाई नेपाली डायस्पोरा स्वर्ण तारा सम्मान र चार शोककाव्यको विमोचन
- अन्जानका एकल गजलसङ्गै शान्ति गजल साँझ सम्पन्न
- British PM urges to keep pressure on Putin for Ukraine ceasefire
- Musk’s dream of human settlement on Mars is getting closer, aiming for landing by 2029
- पूर्वविशिष्टलाई कानून बनाएर आजीवन सुविधा दिने तयारीप्रति प्रमुख प्रतिपक्षीको विरोध
Comments are closed.