पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । राप्रपा केन्द्रीय सदस्य एवं पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । गएराति सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित निवासमै रायको हत्या भएको हो ।८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।
रायमाथि धारिलो हतियार प्रयोग भएको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिनु भएको छ ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Comments are closed.