काठमाडौं — नेपाल उद्योग वाणिज्य महासंघले हालै काठमाडौंमा भएको आन्दोलन/प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै यस्ता गतिविधिको निन्दा र भर्त्सना गरेको छ ।महासंघले आन्दोलनका क्रममा सर्वसाधारण र उद्यमी व्यवसायीको पेसा व्यवसाय गर्न पाउने नैसर्गिक अधिकार हनन हुनुका साथै निजी र सार्वजनिक सम्पत्तिमा आक्रमण, लुटपाट, आगजनी जस्ता घटनाहरूले गम्भीर क्षति पुर्याएकोप्रति चिन्ता व्यक्त गरेको छ ।चैत्र १५ गते काठमाडौंमा भएको आन्दोलनका क्रममा धनजनको ठूलो क्षतिका साथै मानवीय जीवनमा समेत दुखद क्षति पुगेको उल्लेख गर्दै महासंघले ज्यान गुमाएका व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ। विज्ञप्तिमा पीडित परिवारहरूप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ।महासंघले आन्दोलनका क्रममा सर्वसाधारणको निजी सम्पत्ति, मिडिया हाउस, व्यवसायिक प्रतिष्ठान, कार्यालय र अन्य व्यापारिक गतिविधिहरूमा भएको आक्रमण, आगजनी र लुटपाटका घटनाप्रति खेद व्यक्त गर्दै यस्ता हिंसात्मक गतिविधिको विरोध गरेको छ। साथै, घटनाबाट पीडितहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग पनि महासंघले अगाडि सारेको छ।
Trending Now
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
- बिस्का जात्रा: आज पूजा, भोलिदेखि जात्रा
- देशभर तुवाँलो, यी स्थानमा वर्षाको सम्भावना
Comments are closed.