Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित

Editorial Team by Editorial Team
December 14, 2025
in Nepal, News
0
महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) नेपालले महान्यायाधीवक्ता सबिता भण्डारी बराललाई संस्थाको साधारण सदस्यताबाट निलम्बन गरेको छ ।

सार्वजनिक पदमा नियुक्त भएपछि उनी विभिन्न विवादसँग जोडिन थालेपछि ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको कार्यसमितिले उक्त निर्णय गरेको हो ।
कार्यसमितिका एक सदस्यका अनुसार संस्थाको मूल्यमान्यता, विश्वास र निष्पक्षताको मापदण्डलाई ध्यानमा राख्दै निलम्बनको निर्णय लिइएको हो । ‘हाम्रो संस्थाका आफ्नै मूल्य–मान्यता र सिद्धान्त छन् । कतिपय अवस्थामा संस्था र त्यसका पदाधिकारीमाथि सार्वजनिक रूपमा प्रश्न उठेपछि त्यसको सम्बोधन आवश्यक हुन्छ,’ उनले भने, ‘त्यसैले अहिलेलाई अस्थायी रूपमा उहाँको सदस्यता निलम्बन गर्ने निर्णय गरेका हौं ।’
उनका अनुसार विवाद सुरु भएदेखि नै बराललाई पदबाट राजीनामा दिएर सहजीकरण गर्न सुझाव दिइएको थियो । तर, उनले उक्त सुझाव अस्वीकार गरेकी थिइन् ।
कार्यसमितिले विषयवस्तु स्पष्ट भएमा निलम्बनबारे पुनर्विचार गर्न सकिने संकेत पनि गरेको छ । सार्वजनिक पदमा रहँदा उनले नै गर्नुपर्ने निर्णयहरूलाई लिएर सार्वजनिक वृत्तमा प्रश्न उठेपछि निलम्बनको निर्णय गरिएको ती सदस्यले बताए ।
विश्वव्यापी रूपमा भ्रष्टाचारको अनुगमन तथा भ्रष्टाचारविरुद्ध वकालत गर्दै आएको ट्रान्सपरेन्सी इन्टरनेशनलको नेपाल च्याप्टरका रूपमा टीआई नेपाल सक्रिय छ । वरिष्ठ अधिवक्ता समेत रहेकी सबिता भण्डारी बराल उक्त संस्थाकी साधारण सदस्य हुन् भने यसअघि उनी पटक–पटक कार्यसमितिमा पनि निर्वाचित भएकी थिइन् ।

Advertisement Banner
Previous Post

आईएस आक्रमणमा परि सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु

Next Post

UN Secretary-General Antonio Guterres condemns drone attack on peacekeeping base in Sudan

Editorial Team

Recommended

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

गीता रेग्मी र दीपक अर्यालको नियात्रा कृति सार्वजनिक

4 years ago
India, New Zealand conclude financial services annex under Free Trade Agreement

India, New Zealand conclude financial services annex under Free Trade Agreement

3 months ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.