नेपालका भूकम्पपीडितलाई अष्ट्रेलियाले पाँच करोड दिने

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपालका भूकम्प पीडितलाई ५ कराेड रुपैयाँ बढी सहयाेग गर्ने भएकाे छ ।

अष्ट्रेलिया सरकारले जाजरकाेटमा गएकाे भूकम्पमा प्रभावित भएकाहरुका लागि ६ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब ५ करोड ९ लाख बराबरको मानवीय सहायता घोषणा गरेको हाे ।

अष्ट्रेलियाली परराष्ट्रमन्त्री पेनी वोङ्ले पश्चिम नेपालका भूकम्पपीडित समुदायका लागि ६ लाख अष्ट्रेलियाली डलर सहयोगको घोषणा गर्नुभएको काठमाडाैंमा रहेकाे अष्ट्रेलियाली राजदूतावासले जनाएकाे छ ।

उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैंगिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ ।

साे सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडीसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निर्माणमा सहयोग गर्नेछ ।

Comments are closed.