नेपाल पूर्वप्रहरीसंघद्वारा कलासाधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण

सानालाई माया स्रष्टालाई सम्मान, लोक संस्कृति बचाउने हाम्रो अभियान, मूल्य उद्देश्य बोकेको नेपाल पूर्वप्रहरी कलाकार संघले गुरुपूर्णिमाको पावन दिनमा गीत ,संगीत र कलाका गुरुहरूको स्मृतिमा कलासाधनामा स्थापित स्रष्टाहरूलाई पुरस्कार र सम्मान अर्पण गरेको छ। नेपाल प्रज्ञाप्रतिष्ठान स्थित सिद्दिचरणप्रवचन कक्षमा प्रमुखअतिथि अवकाशप्राप्त प्रहरी महानिरीक्षक दुर्लभकुमार थापाबाट चेतन कार्की गीति वाङ्मय पुरस्कार २०८१ -गीतकार श्रीपुरुष ढकाललाई,गोपाल योन्जन संगीत साधना पुरस्कार २०८१-संगीतकार शिलाबहादुर मोक्तानलाई ,हाडा एन्ड पाल हास्यवाङ्मय पुरस्कार २०८१ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको थियो ।
कलाकार हरिवंश आचार्य अस्वस्थ भै अनुपस्थित भएकोमा उनका छोरा मोहित आचार्यले उक्त सम्मान पुरस्कार थापेका थिए ।
कार्यक्रममा सर्जक,कलाकार गुरुका परिवारका तर्फबाट श्रीमती गंगा कार्की ,श्रीमती रेन्चन योन्जन,राजपाल थापाका सुपुत्र कपिल थापा र श्रीमती हाडाको उपस्थिति रहेको थियो ।
यसैगरी कलाकार नीर शाह,बसुन्धरा भुषाल ,भूवन चन्द थापा,चैत्यदेवीले पुरस्कृत साधकहरूलाई क्रमशः सम्मान गरेका थिए ।
संस्थापक संरक्षक क्षेत्रबहादुर गुरुङबाट स्वागत भएको थियो भने संस्थाको वरिष्ठ सल्लाहकार कलाकार तथा पुरस्कार संस्थापक मिथिला शर्मा बोहराले सम्पूर्ण गुरुहरू प्रति आभार र श्रद्धा व्यक्त गर्दै गुरुहरूको ऋण कहिल्यै पनि तिर्न सकिदैन ।
गुरुभेटी चढाएर उहाँहरूले देखाएको मार्गमा हिड्ने प्रयास मात्रै हो भन्नू भयो।
कोषाध्यक्ष गीता गुरुङबाट कार्यक्रमको उद्देश्यबारे प्रकाश पारिएको थियो ।

राष्ट्रगानबाट प्रारम्भ गरिएको कार्यक्रममा दिवंगत पूर्वप्रहरी कलाकारहरूलाई सम्झदै एक मिनेट मौनधारण गरिएको थियो ।
अभिनन्दन र पुरस्कार वितरण पछि संस्थाका संरक्षक कलाकार
क्षेत्रबहादुर गुरुङको टिमले नेपाली शिरपोश टोपीको गीत गाएर कार्यक्रम समाप्त भएको थियो ।

Comments are closed.