कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कारको घोषणा गरिएको छ । कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले मिति २०७९ फागुन ०६ मा कालीभक्त पन्तको एकतिसौँ स्मृति दिवस पारेर कालीभक्त नेपाली अन्तर्राष्ट्रिय लोक साहित्य पुरस्कार कुमार बस्नेतलाई दिने घोषणा गरेको हो ।
उक्त कार्यक्रम फलेवास नगरपालिका –६ स्थित प्रतिष्ठानको भवनमा सम्पन्न भएको थियो ।
प्रतिष्ठानका अध्यक्ष प्रा।डा। पार्थिवेश्वर प्रसाद तिमिल्सिनाको अध्यक्षता र फलेवास न। पा।का उपमेयर श्री शोभा क्षेत्रीको आतिथ्यमा भएको कार्यक्रममा स्व। कालीभक्त, स्व। कृष्णा पन्त तथा स्व। दुर्गादवी पन्त पाण्डेका नाममा स्थापित विभिन्न छात्रवृत्तिहरू वितरण गरिएको थियो ।
प्रतिष्ठानको कार्यसमितिको निर्णयानुसार यस वर्ष २०७९ का लागि कालीभक्त नेपाली अन्तराष्ट्रिय लोक साहित्य पुरस्कार प्रसिद्ध लोक गायक कुमार बस्नेतलाई प्रदान गर्ने घोषणा गरिएको छ ।
नेपालमा रू १,०१,०००।– विदेशमा १००१ अमेरिकी डलर, राशी र सम्मानपत्रसहितको उक्त पुरस्कार यसअघि सत्यमोहन जोशी– ९२०७५०, कृष्ण कँडेल– (२०७६०) तुलसी दिवस– (२०७७) र प्रा.डा. चूडामणि बन्धु– (२०७८) लाई प्रदान गरिएको थियो ।
उक्त पुरस्कारका संस्थापक कालीभक्त पन्तका साहिँला छोरा—बुहारी गोविन्दप्रसाद पन्त र उर्मिलादेवी पन्त हुनुहुन्छ भने पुरस्कारको अन्तर्राष्ट्रिय समितिका संयोजक साहित्यकार महेश्वर पन्त हुनुहुन्छ ।
उक्त पुरस्कार २०७९ फागुन १५ गते काठमाडौंमा विशेष समारोह आयोजना गरी प्रदान गरिने छ ।
Comments are closed.