बालेनले गरे अमेरिकी राजदूतसंग भेट, बालेनलाइ अमेरिका भ्रमणको निम्तो

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर। थम्प्सनले शिष्टाचार भेट गरेका छन् । बालेनको कार्यकक्षमा भएको भेटघाटमा आपसी सहकार्यका विषयमा कुराकानी भएको महानगरले जनाएको छ ।

भेटमा बालेनले सूचना प्रविधिको क्षेत्रमा सहकार्य गर्न सकिने बताएका थिए । ूआपसी कार्यक्रमका रूपमा हामीले आईटी ९सूचना प्रविधि० को तालिम चलाउन सक्छौँ । यसबाट अमेरिकन कम्पनीले कामका लागि जनशक्ति पाउँछन् । नेपाली युवाहरूले आय आर्जन गर्न पाउँछन् । यससँगै उनीहरू विश्वबजारका लागि दक्ष जनशक्ति बन्न सक्छन्, बालेनले भने ।

भेटका क्रममा राजदूत थम्प्सनले सिर्जनात्मक कार्यक्रमहरूका लागि अमेरिकाकातर्फबाट विज्ञ, व्यापारिक, सामाजिक तथा नागरिक तहको सम्बन्ध बढाउन सहजीकरण गर्न सकारात्मक रहेको बताए ।

उनले अगाडि थपे, ूयुनेस्को रचनात्मक सहर सञ्जाल अन्तर्गत चलचित्र विधामा जोडिएर काठमाडौंले काम गरिरहेको छ । यसमा हलिउडका चलचित्र निर्माता, निर्देशक, कलाकार, वितरकसँग आपसी कार्यक्रम तय गर्न दूतवासले सहजीकरण गरिदिनेछ भन्ने अपेक्षा गरेका छौँ

राजदूतले थम्प्सनले बालेनलाई अमेरिका भ्रमणको निमन्त्रणा पनि दिएका छन् ।

 

Comments are closed.