तीन वर्षभित्र १५ हजारलाई तालिम र ५ हजारलाई जागिर दिने बालेनको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् ।

उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे ।

सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै शाहले यस्तो घोषणा गरेका हुन् । शाहका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए ।

काठमाडौँका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ ।

शाहले भने, ‘तालिमप्राप्त जनशक्तिलाई महानगर क्षेत्रभित्र रहेका पूर्वाधार विकास, वातावरण विकास, सरसफाइ जस्ता विभिन्न कार्यमा लगाउन सक्छौँ । अन्य सरकारी तथा निजी सङ्घसंस्थामा आबद्ध गराउन सक्छौँ ।’

श्रम बैङ्कमा दक्ष, अदक्ष र अर्धदक्ष सबैलाई समेटेर जब पोर्टल बनाउन खोजिएको शाहले जानकारी दिए । यसमा निजी सङ्घसंस्था पनि आबद्ध हुन सक्नेछन् ।

Comments are closed.