काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले लास पलमासलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले लास पलमासलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
बार्सिलोनाको जितमा राफिन्हाले खेलको ५९औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यस खेलमा खेलको २४औं मिनेटमा लास पलमासका अल्भारो भल्लेजले रातो कार्ड पाएपछि लास पलमास १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि बार्सिलोना लिगमा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको ३० खेलमा ६७ अंक रहेको छ । त्यस्तै एक खेल कम खेल्दै शीर्ष स्थानमा रहेको रियल म्याड्रिडको २९ खेलमा ७२ अंक रहेको छ । त्यसैगरी लास पलमासको भने ३० खेलमा ३७ अंक रहेको छ र लिगमा १२औं स्थानमा छ ।
Comments are closed.