Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 18, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
सिक्किमेली स्रष्टाकासाथ फिक्कलमा वसन्त काव्य उत्सव सम्पन्न
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

 

इलाम — चिनियाँ लेखक लु सुन र नेपालका महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित देवकोटा–लु सुन एकेडेमीले भारतको सिक्किमबाट आएका साहित्यकार तथा पत्रकारको सम्मानमा वसन्त काव्य उत्सव आयोजना गरेको छ ।

इलामको सूर्योदय नगरपालिकामा आयोजित उत्सवमा भारतीय नेपालीभाषी साहित्यकार मोहन दुःखुन, मोहनसिंह राईलाई ५० हजार रुपैंया राशिको पुरस्कार समेत प्रदान गरिएको छ ।

एकेडेमीका कोषाध्यक्ष कृष्ण प्रसाईका अनुसार हरेक वर्ष प्रदान गरिने देवकोटा लु सुन प्रज्ञा पुरस्कार एक वर्ष नेपालको तथा एक वर्ष विदेशमा रहेका विशिष्ट साहित्यकारलाई पदान गरिंदै आएको छ । शनिबार पुरस्कृत ७५ वर्षीय दुःखुनका १० वटा महाकाव्यसहित झण्डै ५० वटा कृति प्रकाशित भइसकेका छन् । पत्रकार चन्द्र भण्डारीले आधा शताब्दीभन्दा लामो समय कम्युनिस्ट आन्दोलनमा बिताएका भारतको सिलिगुढीबासी दुःखुनको साहित्यिक व्यक्तित्वका बारेमा चर्चा गरेका थिए ।

उत्सवमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय, देवकोटा–लु सुन एकेडेमीका अध्यक्ष निनू चापागाई, गायक गणेश रसिक, सिक्किमस्थित विविध पिछडा वर्ग आयोगकी अध्यक्ष पवित्रा भण्डारी, सिक्किम सरकारका पूर्व सचिव किरण रसाइलीसहितका स्रष्टाले विश्वभर फैलिएका नेपालीभाषी स्रष्टाको योगदान तथा भाषा–साहित्यको आयाममाथि धारणा राखेका थिए ।

उत्सवमा सिक्किमबाट आएका पत्रकार तथा लेखक गोपाल ढकाल, जगन दाहाल, एनबी घिमिरे, होमनाथ डाब्री, दीपा राई, जीविका अश्रु, एरोन राई, मोहनकुमार क्षेत्री, बब्बु तामाङ लगायतलाई सम्मान गरिएको थियो । उत्सवमा सहभागी आरती ठकुरी(दार्जीलिङ) तथा सिलिगुढीबाट आएका लेखक देवेन्द्रनाथ शुक्ला, लतिका जोशी, युवराज काफ्ले, ज्ञानेन्द्र खतिवडा पनि सम्मानित भएका थिए ।

 

सिक्किम, दार्जीलिङ तथा सिलिगुढीबाट आएका स्रष्टाहरु नेपालमा घामको पहिलो झुल्को प्रवेश गर्ने प्रसिद्ध गन्तव्य श्रीअन्तुको घुमघाममा पुगेका थिए ।

सन् २०११ मा स्थापित देवकोटा–लु सुन एकेडेमीले चिनियाँ साहित्यकार लु सुनका रचनाको नेपाली अनुवाद तथा महाकवि देवकोटाका सृजनाको चिनियाँ अनुवाद गरेर भाषिक सहकार्य गर्दै आएको छ । लु सुनक …‘टलकजंग भर्सेज टुल्के, आह क्यूको सााचो कथा’ नेपालीमा समेत प्रसिद्ध छन् । चीनको सांघाइमा सन् १८८१ मा जन्मेका लु सुन चिनियाँ सांस्कृतिक क्रान्तिका अगुवामध्येका एक थिए । उनको ५५ बर्षकै उमेरमा निधन भएको थियो ।

Advertisement Banner
Previous Post

राष्ट्रिय चलचित्र पुरस्कार, विशेष चलचित्र तथा दीर्घ साधना सम्मान समारोह सम्पन्न

Next Post

तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

तीन भाषामा चाम्लिङ मुन्दुम प्रकाशित

Recommended

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

भारतले दियो नेपाललाई थप १० वटा बेलिब्रिज

5 months ago
IOM and Yale School of Public Health Launch Data Responsibility Initiative

IOM and Yale School of Public Health Launch Data Responsibility Initiative

4 years ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.