हरियो मकै:मुटुको रोगदेखि, टाइप टु मधुमेह रोग समेतलाई फाईदा गर्ने

मकैलाई तपाईं दिनहुँ आफ्नो खानपानमा ढुक्कसँग समावेश गर्न सक्नुहुन्छ। मकैको मुख्य फाइदा भनेकै यसमा उच्च मात्रामा फाइबर पाइन्छ  जो हाम्रो स्वास्थ्यका लागि एकदमै आवश्यक तत्व हो।

यसले हाम्रो पाचनक्रियामा एकदमै फाइदा गर्छ। जसले गर्दा मुटुको रोग, टाइप टु मधुमेह जस्ता रोगबाट पनि बच्न सकिन्छ। त्यस्तै फाइबरले भोक लाग्न दिँदैन। जसले गर्दा तपाईं छिटो छिटो खानुहुँदैन र तौल सन्तुलित बनाउन सहयोग गर्छ।

हरियो मकैमा फोलेट पनि राम्रो मात्रामा पाइन्छ जसलाई भिटामिन बी ९ ले पनि चिनिन्छ। यसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ। विशेषगरी गर्भावस्थाको महिलालाई एकदमै फाइदा गर्छ। फोलेटले शरीरमा रक्त कोषिकालाई बढाउन मद्दत गर्छ साथै गर्भमा रहेको बच्चाको विकासका लागि पनि यो एकदमै आवश्यक हुन्छ। गर्भावस्थाको बेला दिनहुँ २०० माइक्रोग्राम भिटामिन बी ९ खानुपर्ने हुन्छ।

तपाईंले १०० ग्राम मकै खानुभयो भने त्यसबाट नै ३५ माइक्रोग्राम भिटामिन बी ९ पाउन सक्नुहुन्छ। हरियो मकैलाई भिटामिन सीको पनि राम्रो स्रोत मानिन्छ। अथवा यसलाई भिटामिनको पावरहाउस नै मानिन्छ।

यसले रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने काम गर्छ। यो हरेक उमेर अवस्थाको व्यक्तिले खान मिल्छ। यसलाई तपाईं उसिनेर, अन्य तरकारीसँग मिसाएर, पुलावहरुमा मिसाएर वा विभिन्न तरिकाले खान सक्नुहुन्छ।

सबैभन्दा राम्रो तरिका हरियो मकै खाने भनेको उसिनेर नै हो। हरियो मकैमा पाइने अन्य तत्वमा म्याग्नेसियम र पोटासियम पनि पर्दछन्। म्याग्नेसियमले हाम्रो हड्डी तथा मसल्स बलियो बनाउँछ। त्यस्तै मेटाबोलिज्म बलियो हुँदा थकान कम हुन्छ।

पोटासियमको भूमिका हाम्रो शरीरमा तरल पदार्थलाई सन्तुलन बनाइराख्ने तथा मांसपेशीलाई आराम दिई संकुचन हुन नदिनु हो। त्यसैले मकैलाई कसरत वा व्यायाम गरिसकेपछि खानु झन राम्रो हुन्छ। -मेडिकल पत्र

Comments are closed.