काठमाडाैं ।भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा दोषी ठहर भएको छ ।
मंगलबार न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुंगाना र बालकृष्ण ढकालको पूर्ण इजलासले भाटभटेनीले नक्कली भ्याट बिल जारी गर्दै सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।
सर्वाेच्चकाे फैसला विरुद्ध दायर भएकाे पुनरावेदन निवेदनमाथि सुनुवाइ गर्दै पूर्ण इजलासले भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्चबाट गरेको आदेश सदर गर्दै पुन: दाेषी ठहर गरेकाे हाे ।
उक्त काण्डमा तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले ०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । साे फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो । पुनरावलोकन निवेदनकाे सुनुवाइपछि पुनः सर्वाेच्चले भाटभटेनीलाई दोषी ठहर गरेको हो ।
अदालतले यसअघि भाटभटेनी सुपर मार्केट एण्ड डिमार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शंकर ग्यास, महेश बानियाँ र आइएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो ।
सर्वोच्चले भाटभटेनीका नाममा जरिबाना गर्दै सञ्चालक मीनबहादुर गुरुङसहितलाई सजाय सुनाएको थियो । भाटभटेनीले अदालतमा पुनरावलोकनको मुद्दा दर्ता गराएर राजस्व तिर्न अस्वीकार गरेको भएपनि अदालतको फैसलासँगै राजस्व ब्याज र जरिबानासहित बुझाउनुपर्नेछ
अदालतको यो फैसलाले नक्कली भ्याट बिलमा अब नयाँ नजिर स्थापित भएको छ ।
Trending Now
- China accuses three US spies of cyberattack on winter sports
- China bans Boeing jet deliveries and similar purchases
- सगरमाथा क्षेत्रमा पर्यटक आगमन वृद्धिः चैतमा १२ हजार भित्रिए
- नेपाली ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा ‘ललितकला मेला– २०८२’ सुरु
- अयोध्याको राम मन्दिरमा बम विस्फोट गराउने धम्की, सुरक्षा व्यवस्था कडा
- Punjab Kings achieve record win in Indian Premier League cricket
- वैशाख १२ गते बजेट अधिवेशन बोलाउने सरकारको निर्णय
- मोतीपुर–बबईको बोटिङ रोक्न आदेश
- प्रहरीको लाठीप्रहारबाट वीरगञ्जमा तीन पत्रकार घाइते
- १० वर्षमुनिका बालिका यौनजन्य हिंसाबाट बढी प्रभावित: प्रहरी
Comments are closed.