Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै

Editorial Team by Editorial Team
December 9, 2025
in Nepal, News
0
विद्यार्थी आन्दोलनबाट उदाएका विनोद ढकाल सचिव लड्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– नेकपा एमालेको आसन्न एघारौँ महाधिवेशन नजिकिदै गर्दा विभिन्न पदमा आकांक्षीहरु बढदैँ गइरहेको छन् ।
नेकपा ९एमाले० निर्माणको कारखाना मानिएको पार्टीसम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुको प्रारम्भिक कमिटीबाट संगठित हुँदै राजनीतिमा लागेको मोरङको विराटनगर निवासी विनोद ढकालले एमालेको आसन्न एघारौँ राष्ट्रिय महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने भएका छन् ।
भूमिगतकालमै अनेरास्ववियुको मोरङको जिल्ला अध्यक्षदेखि केन्द्रीय उपाध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरेका ढकालले पार्टी राजनीतिमा पनि छुट्टै पहिचान बनाएका छन् । पार्टी राजनीतिमा पनि ढकालले वडा तहदेखि केन्द्रीय कमिटीको समेत जिम्मेवारी सम्हालिसकेका छन् ।
अखिलबाट बिदा लिएलगत्तै भूगोलको पार्टी काममा होमिएका ढकाल राजनीतिक बैचारिक कार्य अनुभव र संगठनात्मक कार्यसम्पादनको हकमा चाहिने क्षमताको अपार स्रोत मानिन्छन् । मोरङ जिल्ला कमिटीमा अध्यक्ष, जिल्ला इञ्चार्ज रहँदै दशौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा फराकिलो मतान्तरसहित निर्वाचित नेता ढकाल कोशी प्रदेशको पहिलो अधिवेशनमा अध्यक्ष पदमा झिनो मतले पराजय भएसँगै राजनीतिक भूमिकाका हिसावले कुनै खास पदभारमा थिएनन् । पार्टीको खास जिम्मेवारी र भूमिकाबाहिर रहे पनि युवामाझ अत्यन्तै लोकप्रिय ढकालले पार्टीलाई विधिसम्मत् ढंगले सञ्चालन गर्न उपयुक्त वातावरण बनाइरहेका छन् ।
नेतृत्वको वैरभावका कारण लामो समयसम्म पार्टीको कुनै महत्त्वपूर्ण जिम्मेवारी र भूमिकाविहिन बनाइएका नेता ढकाल कोशी प्रदेशको एमालेनिर्देशित र संगठित कामको केन्द्रबिन्दुमा रहने गरेका छन् । प्रदेशका सबै जिल्ला अधिवेशन, पार्टीसम्बद्ध जनसंगठनको अधिवेशन, कार्यक्रममा वा आन्दोलनमा कोशीमा सर्वाधिक खोजिनीधि गरिने नेतामा पर्छन् ढकाल ।

Advertisement Banner
Previous Post

विराटनगरका ३४१ बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशन’ खुवाइयो

Next Post

एनएसटी को आगामी कार्यकालका लागि पत्रकारहरूसँग अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम सम्पन्न

Editorial Team

Recommended

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

गीतकार श्रीराम राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

4 months ago
A total of 339,611 Nepali youths left the country for foreign employment during the first five months of the current fiscal year

A total of 339,611 Nepali youths left the country for foreign employment during the first five months of the current fiscal year

4 months ago

Don't Miss

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो सार्वजनिक ‘एइडी’ स्थापना, आपतकालीन स्वास्थ्य सेवामा नयाँ कदम

April 10, 2026
निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

निजी क्षेत्र र सरकारबीच सहकार्य सुदृढ भए मात्र आर्थिक समृद्धि सम्भव : राष्ट्रपति पौडेल

April 10, 2026
विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

विद्यार्थी संगठनमाथि प्रतिबन्धको निर्णयविरुद्ध संयुक्त विद्यार्थीले आन्दोलन गर्ने

April 10, 2026
 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

 टोकियोमा शान्तिवादी संविधानलाई कमजोर पार्ने सरकारी कदमको विरुद्धमा३० हजार प्रदर्शनकारी

April 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.