काठमाडाैं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले भ्रष्टाचार, सुकुम्बासी, मिटरब्याज, वैदेशिक हस्तक्षेप लगायत विरुद्ध जनमार्च अभियान सञ्चालन गर्ने भएको छ ।
गत मंसिर २७ गतेदेखि पुस २ गतेसम्म कपिलवस्तुकाे शिवगढीस्थित केन्द्रीय कार्यालयमा बसेकाे नेकपा केन्द्रीय समितिको छैटाैं पूर्ण बैठकले देशमा व्याप्त भ्रष्टाचार, सुकुम्बासी, मिटरब्याज, ऋण आतंक लगायत मुद्दामा आगामी फागुन २१ गतेदेखि झापा-कञ्चनपुर जनमार्च सञ्चालन गर्ने निर्णय गरेकाे हाे ।
बैठकमा निर्णय सार्वजनिक गर्न मंगलबार आयाेजित पत्रकार सम्मेलनमा नेकपाले साे अभियानमा पार्टीका महासचिव विप्लव, प्रवक्ता, केन्द्रीय समितिका नेता लगायत सहभागी हुने जानकारी दिएकाे हाे ।
एकीकृत जनक्रान्तिमा १० वर्षभित्र गरिएका अध्ययन, अनुसन्धान, प्रयाेग र विकासलाई विचार सश्लेषमा उठाउने निर्णय बैठकले गरेकाे छ । त्यसका लागि पार्टीले सुव्यवस्थित बहस र अन्तक्रिया गर्दै विशेष अधिवेशनकाे आयाेजना गर्ने जारी विज्ञप्तिमा उल्लेख छ ।
बैठकले क्रान्तिकारी पार्टीहरुसँग एकताकाे उद्देश्य राख्दै तत्काल मित्र पार्टीहरुसँग माेर्चामा सहकार्य गर्दै क्रान्तिकारी ध्रुविकरणलाई तिब्रता दिने निर्णय पनि गरेकाे छ ।
बैठकले आगामी ०८४ काे चुनावमा भाग लिने निर्णय पनि गरेकाे छ । ‘आगामी २०८४ को चुनावलाई राष्ट्रिय स्वाधीनता, उत्पीडित वर्ग, जाति, समुदाय, महिला, युवा–विद्यार्थी र नेपाली विशेषताको समाजवादका पक्षमा प्रयोग गर्ने निर्णय गरिएको छ, त्यसका लागि जनतालाई स्पष्ट सन्देश दिन पार्टी दर्ता गरेर उपयुक्त चुनाव चिह्न लिइनेछ’- विज्ञप्तिमा लेखिएकाे छ ।
बैठकले उपत्यकामा सी व्यापार केन्द्र सञ्चालनमा ल्याउने, काेशी प्रदेशलाई किराँत लिम्बुवान प्रदेश नामकरण गर्न राजनीतिक शक्तिहरूसँग छलफल बढाउने लगायत विभिन्न १० वटा निर्णय गरेकाे छ ।
यस्ता छन् बाँकी निर्णय:
Comments are closed.