Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Feature

    पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न

himalaya Diary News Service by himalaya Diary News Service
April 6, 2022
in Feature, Literary Festival & Event, Literature, Nepal
0
      पुस्कार तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँँ, विश्व नेपाली साहित्य प्रज्ञा  प्रतिष्ठानले ०७८ साल चैत्र २१ गतेका दिन विशेष समारोह बीच घट्टेकुलो विकास समाजको भवन, घट्टेकुलो काठमाडौंमा श्रष्टा सम्मान एवम सृजना वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । संस्थाले वरिष्ठ साहित्यकार एवम समालोचक दधिराज सुबेदीलाई  ऋषि बरालको स्मृतिमा निर्मला बराल द्वारा स्थापित रू. १११११ राशी सहितको विश्व नेपाली वाङ्मय पुरस्कार एवम सम्मान अर्पण गरेको छ । त्यसै गरि लेखक संपादक प्रा=डा=फणीन्द्रराज निरौलालाई विश्व नेपाली शिक्षा साहित्य सम्मान–२०७८ अर्पण गरेको छ। रङ्गकर्मी एवम साहित्यकार भरत गुरागाईलाई विश्व नेपाली कलासम्मान–२०७८ अर्पण गरेको छ। संघर्षशील आदर्श महिला दिलमाया श्रेष्ठलाई विश्व नेपाली जेष्ठ नागरिक सम्मान–२०७८ अर्पण गरेको छ भने साहित्यकार रेणु अधिकारी“मौनता“लाई विश्व नेपाली साहित्य समाज सेवा सम्मान–२०७८ अर्पण गरेको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति  विष्णुविभु घिमिरेको प्रमुख आथित्य एवम संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको सभापतित्वमा  सन्चालित उक्त कार्यक्रम पूर्वान्ह ८=०० बजे देखि १२ बजे सम्म निरन्तर चलेको थियो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवम वरिष्ठ साहित्यकार विष्णुविभु घिमिरेले नेपालीहरू संसारको जुनसुकै कुनामा पुगेपनि आफ्नो माटोको सुगन्ध हृदयमा पस्केर आफ्नो भाषा अनि संस्कृतिमा रमाइरहेका हुन्छन्, विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठान यहि सेरोफेरोमा जग्मगाईरहेको र सहित्यमा विविध रचनात्मक कार्य गरेकोमा आफूलाई हर्ष लागेको कुरा व्यक्त गर्नु भयो । घिमिरेले श्रष्टा सम्मान एवम छ्नौट प्रक्रिया र काव्य सृजना वाचनको पनि मुक्त कण्ठले प्रशंसा गर्नु भयो ।

त्यस्तै संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईले स्वागत मन्तव्य राख्दै कोभिडको महामारी पछि  यो माहोलमा यसरी कार्यक्रम गर्न पाउँदा खुसी लागेको बताउनु भयो । प्रसाईले यस्तो उत्साहपूर्ण सहभागिता जनाएर यो कार्यक्रमको आयतन अनि गरिमा बढाईदिनुहुने सबैमा हार्दिक आभार प्रकट गर्नु भयो । संस्थाका गतिविधिहरू बारे प्रकाश पार्दै  प्रसाईले संस्थाले देश भित्र अनि बाहिरका श्रष्टाहरूलाई  सम्मान गर्दै जाने र भाषाको श्रीवृद्धीमा यो संस्था लागिरहने बताउनु भयो ।

समानित श्रष्टाहरूको तारिफ गर्दै प्रसाइले आगामी दिनहरूमा अझ नयाँ नयाँ  साहित्यिक गतिविधिका साथ संस्था अघि बढ्ने कुरा व्यक्त गर्नु भयो ।

संस्थाका वरिष्ठ उपाध्यक्ष एवम प्राज्ञ लक्ष्मी उप्रेतीले सम्मानित, पुरष्कृत सबै श्रष्टा,समाजसेवीहरूको परिचय संक्षेपमा प्रस्तुत गर्दै समाज अनि राष्ट्रका आदरणीय व्यक्तिहरूलाई सम्मान गर्दा आफू हर्षित भएको कुरा व्यक्त गर्नु भयो । श्रष्टा सम्मनित हुनु भनेको संस्था पनि सम्मानित हुनु हो, संस्थाको गरिमा बढ्नु हो उप्रेतीले भन्नु भयो । विश्व नेपाली बराल वाङ्मय पुरस्कार स्थापना गर्नलाई समेत वरिष्ठ उपाध्यक्ष उप्रेतीले रचनत्मक भूमिका खेल्नु भएको थियो ।

त्यस्तै सम्मानित वरिष्ठ साहित्यकार दधिराज सुबेदीले साहित्यको इतिहास अनि पृष्ठभूमिलाई केलाउंदै श्रष्टा, सर्जकमा निरन्तर साधना रहनु पर्ने कुरा अर्थ्याउनु भयो । वहाँले साहित्यमा इमान्दरिता अनि लगाव भयो भने राष्ट्र  उत्थानमा ठूलो टेवा मिल्ने कुरा  बताउँदै यस संस्थाले रचनात्मक कामहरू गर्दै जान सकोस् भन्ने शुभेक्षा प्रकट गर्नु भयो ।

अर्का सम्मानित श्रष्टा  डा=फणीन्द्रराज निरौलाले  यो सम्मानले आफूलाई अत्यन्तै ठूलो उर्जा थपेको र थप जिम्मेदारी पनि प्रदान गरेको साथै संस्थाका सुन्दर कार्यहरूबाट आफू प्रभावित भएको कुरा बताउनु भयो । संस्थाले आगामी दिनहरूमा अझ उम्दा कार्यहरू गर्न सकोस् भनेर शुभेक्षा प्रकट गर्दै कविता पनि प्रस्तुत गर्नु भयो ।

त्यस्तै सम्मानित श्रष्टाहरू क्रमस भरत गुरागाई“बार्बरिक”र रेनु अधिकारी“मौनता“ले पनि आफ्ना अभिमतहरू सहित कविताहरू प्रस्तुत गर्नु भएको थियो ।

संस्थाको यस महत्वपूर्ण कार्यक्रमलाई उर्जा प्रदान गर्न विशेष अतिथिको रूपमा पूर्व मन्त्री हरिप्रसाद न्यौपाने, पूर्व राजदूत प्रह्लादकुमार प्रसाईं, वरिष्ठ कलाकार एवम रङ्गकर्मी मदनदास श्रेष्ठ, घट्टेकुलो विकास समाजका अध्यक्ष शिवराम राजवंसीको सारगर्भित उपस्थिति एवम सहभागिता रहेको थियो ।

अथितिको रूपमा पूर्व प्रधान अध्यापक सोम निरौला, पूर्व शिक्षक एवम समाजसेवी रामकान्त सिटौला, जेष्ठ नागरिक समाज काठमाडौ– २९ का अध्यक्ष ध्रुब केसी, घट्टेकुलो विकास समाजाका उपाध्यक्ष प्रवीण ओझा र राष्ट्रिय शक्ति नेपालका केन्द्रिय सदस्य ध्रुब तिवारी, आरम्भ साहित्यिक संस्थाका अध्यक्ष प्रेम ओली ढकलपुरे आदिको सक्रिय सहभागिता रहेको थियो।

त्यस्तै यो कार्यक्रमलाई सफल बनाउन अतिथिको रूपमा  नोबल साकोस साहित्य संस्थाका संयोजक  साहित्यका, समालोचक राजन प्रसाद न्यौपाने श्रीयमको  महत्वपूर्ण भूमिका रहेको थियो ।

कार्यक्रममा संस्थाका उपाध्यक्ष तेजेन्द्रकुमार प्रसाइले आफ्नो अभिमत सहित कविता प्रस्तुत गर्नु भयो, त्यस्तै संस्थाकी संस्थापक महासचिव एवम वरिष्ठ सदस्य अस्मिता भन्डारी र वरिष्ठ सदस्य एवम साहित्यकार राधिका दाहालले पनि आफ्ना विचारहरू सहित  कविताहरू प्रस्तुत गर्नु भयो

कार्यक्रमलाई व्यबस्थित अनि सहज बनाउन सह कोषाध्यक्ष बिनोद्कुमार श्रेष्ठ अनि बरिष्ठ सदस्य तिर्थराज दाहालको उल्लेखनीय भूमिका रहेको थियो।

कार्यक्रममा संस्थाका आजीवन÷ सक्रिय  सदस्यहरू क्रमस सीता प्रसाईं, भिष्मराज थपलिया,सुमित्रा उप्रेती,दुर्गा सिटौला,चेतन सिटौला, ध्रुब प्रसाईं,कमल प्रसाईं,मीना प्रसाईं,पवनकुमार प्रसाईं लगायत समाजसेवी  बुद्धिप्रसाद आचार्य, लोकराज जोशी,निर्मला निरौला र  युवा पत्रकार आयुव बांस्तोलाको पनि सक्रिय  सहभागिता रहेको थियो।

कार्यक्रमको अर्को रोचक पक्ष सृजना वाचन रहेको थियो । सृजना वाचन गर्ने कविहरू÷ सर्जकहरू क्रमस सुनिता कार्की, सुष्मिता श्रेष्ठ, संगीता घिमिरे, गजेन्द्र मोक्तान, भुवन शिवाकोटी,जयकुमार पौडेल,संगीता सारथी, गीता अर्याल, पुनम घिमिरे, विध्याअनामिका तिवारी, सुर्यबहादुर तामाङ, महेश रिजाल, पिबि बोहोरा, महेश पाण्डे,सीता घिमिरे, राजन न्यौपाने श्रीयम, राधा सुवेदी, प्रेम ओली ढकलपुरे, चेतन सिटौला, सीता पौडेल“अर्चना“,पारू तिमिल्सिना, रश्मि रिमाल लगायतका हुनुहुन्थ्यो । कार्यक्रममा कविहरू इन्द्रकुमार श्रेष्ठ सरित र रन्जना निरौलाको पनि सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सुन्दरअनि रोचक रूपमा संस्थाका महासचिव पुकार तिमिल्सिनाले सन्चालन गर्नु भएको थियोे ।

यस  कार्यक्रमको प्रायोजकको भूमिका अमेरिका निवासी ईश्वरकान्त सिटौलाको रहेको थियो । इन्जिनियर ईश्वर सिटौला सामाजिक अभियन्ता एवम नेपाली एसोसिएसन अफ नर्दन क्यालिफोर्नियाको  अध्यक्ष र नीलकृष्ण जशोदा फाउन्डेसन क्यालिफोर्नियाका संयोजक हुनुहुन्छ।   संस्थाका सल्लाहकार किशोर उप्रेतीले कार्यक्रमको औचित्य अनि संस्थाको गतिविधि बारे प्रकाश पार्दै कार्यक्रमलाई बीट मार्नु भएको थियो ।

Advertisement Banner
Previous Post

मण्डलामा ‘तीन ट्रान्जिट मञ्चन

Next Post

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

“नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार रोचक घिमिरेलाई अर्पण’

Recommended

पुस २६देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय

पुस २६देखि २८ गतेसम्म कांग्रेसको १५ औं महाधिवेशन काठमाडौंमा गर्ने निर्णय

4 months ago
Ethiopia’s Tadu Abate Deme and Yeshi Kalayu Chekole Crowned Champions at Tata Mumbai Marathon 2026

Ethiopia’s Tadu Abate Deme and Yeshi Kalayu Chekole Crowned Champions at Tata Mumbai Marathon 2026

2 months ago

Don't Miss

एकैपटक निर्वाचन नहुन सक्छ, तयार रहनू-ओलीको निर्देशन

KP Sharma Oli admitted to TU Teaching Hospital

March 29, 2026
Heavy police deployment at residence of probe commission chief Karki

Heavy police deployment at residence of probe commission chief Karki

March 29, 2026
Former Nepal Prime Minister KP Oli arrested

Oli, Lekhak to be produced in court on Today

March 29, 2026
Nepal Cabinet meeting decides to implement inquiry commission’s report

Balen-led Govt unveils list of 100 priorities for Delivery-Based Governance

March 29, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.