रास्वपाको बैठकमा मुकुलको मुखमा कालो टेप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्पपा) को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।  बिहान साढे ८ बजेदेखि सुरू भएको बैठक अहिले पार्टी कार्यालय चःमतिमा जारी छ ।

बैठकमा महामन्त्री डा. मुकुल ढकालले फरक ढंगले प्रस्तुत भएका छन् । बैठकको प्रत्यक्ष प्रसारण नगरिएको भन्दै उनले मुखमा कालो टेप टाँसेर विरोध गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

महामन्त्री ढकालले ३९ जिल्ला घुमेर पार्टी संकटपूर्ण अवस्थामा रहेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाएका थिए । महामन्त्री ढकालले बुझाएको ३२ पृष्ठ लामो प्रतिवेदनमा पार्टीको जनाधार खस्कँदै गएको र यस्तै अवस्था रहे आउँदो निर्वाचनमा राष्ट्रिय पार्टी बन्नसमेत कठिन हुने निष्कर्ष प्रस्तुत गरिएको छ ।

कांग्रेस-एमालेले सत्ता गठबन्धन गरेपछि सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसँगै साझेदार रास्वपा प्रतिपक्षमा आउने निश्चित भएको छ । उसले कांग्रेस-एमाले गठबन्धनमा नजाने यस अघि नै निर्णय गरिसकेको छ ।

Comments are closed.