दुईतर्फी खुल्यो नारायणगढ-मुग्लिन सडक

काठमाडाैं । पहिरोका कारण अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड दुईतर्फी रुपमै सञ्चालनमा आएको छ ।
चितवनको भरतपुर महानगरपालिका-२९ सिमलतालमा शुक्रबार राति सवा १ बजे पहिरो खस्दा साे सडक दुइतर्फी रुपमै अवरुद्ध भएको थियो ।
पहिरो पन्छाएसँगै अवरुद्ध सडक शनिबार बिहान साढे ५ बजेदेखि दुइतर्फी रुपमै सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ ।
सडक अवरुद्ध हुँदा रोकिएका सबै सवारी साधन गन्तव्यतर्फ लागेका छन् ।

Comments are closed.