नेपाल बालसाहित्य समाज र ललितपुरस्थित युनाइटेड स्कुलको आयोजनामा भएको एक विशेष कार्यक्रममा कुञ्जल शुभेच्छु लुइटेलद्वारा लिखित कृति ुमैले पढेका किताबुको लोकार्पण गरिएको छ । नेपाली साहित्यका विशिष्ट समालोचक प्रा।डा। वासुदेव त्रिपाठी, कार्यक्रमका सभाध्यक्ष नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधान, युनाइटेड स्कुलका प्रमुख डा। कविराज वान्तवा, साहित्यकारहरू प्रा।डा। जीवेन्द्रदेव गिरी र भुवनहरि सिग्देलले संयुक्त रुपमा पुस्तकको लोकार्पण गर्नुभएको थियो । युनाइटेड स्कुलका कक्षा ८ का छात्र हुन् कुञ्जल शुभेच्छु लुइटेल । यसमा विभिन्न लेखकका ३८ पुस्तकका बारेमा समीक्षात्मक लेख रहेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि प्रा।डा। वासुदेव त्रिपाठीले सानै उमेरदेखि लेख्न थालेका कुञ्जल समयसँगै गम्भीर देखिन थालेको बताउँदै उनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । उहाँले भन्नुभयो, ‘कुञ्जलको लेखनप्रतिको रुचि उदाहरणीय छ” ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष, साहित्यकार प्रमोद प्रधानले आफूले कुञ्जलको लेखन फेसबूकमा ३ वर्ष अगाडिदेखि पढिरहेको बताउँदै अहिले उनको पुस्तक प्रकाशित हुँदा अत्यन्त खुसी लागेको छ भन्नुभयो । नेपाल बालसाहित्य समाज बालबालिकाहरूमा अन्तर्निहित प्रतिभा र क्षमतालाई अघि बढाउने काममा पनि अग्रसर रहेको उहाँको भनाइ थियो ।
युनाइटेड स्कुलका प्रमुख डा। कविराज वान्तवाले बालबालिकाहरूले प्रायः कविता, कथा, निबन्ध लेख्ने गरेको आफूले पाएको बताउनुभयो र भन्नुभयो, ‘तर कुञ्जलले त्यसभन्दा फरक आफूले पढेका पुस्तकहरूबारे लेखेर नयाँ काम गरेका छन्’ । पुस्तकका सम्पादक विनयकुमार शर्मा नेपालले कुञ्जलको प्रतिभाको प्रशंसा गर्नुभयो ।
Trending Now
- 40 billion 83 lakh revenue collection from Birganj dry port
- स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि गोली प्रहार
- Vladimir Putin arrives Beijing for a two-day visit to China
- जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१औैं स्मृति दिवस आज
- नेकपा एकीकृत समाजवादीको महाधिवेशनमा साझा दस्तावेज पेश हुने
- Adverse weather affects Everest climb
- कांग्रेसलाई संसद्मा बोल्न नदिने ओलीको चेतावनी
- पाल्पामा बोलेरो जिप दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते
- त्रिभुवन विमानस्थलको अनुगमन गृहमन्त्री लामिछानेले गरे
- स्वास्थ्य शिविर सञ्चालन गरी ठग्ने नक्कली डाक्टर पक्राउ
Comments are closed.