काठमाडौं । कवि तथा निबन्धकार मोमिलाको निबन्धसंग्रह ‘प्रश्नहरू त बाँकी नै रहन्छन्…’ सार्वजनिक गरिएको छ । सर्वनाम नाट्य घरमा आयोजित एक कार्यक्रममा एलबी क्षेत्री, अशेष मल्ल, डा. विमल कोइराला, प्रा.डा. सावित्री कक्षपती, प्रा.डा. लक्ष्मणप्रसाद गौतम, कृतिकार मोमिलालगायतले निबन्धसंग्रह सार्वजनिक गरेका थिए ।
कार्यक्रममा नाट्यस्वरूपमा कृतिमाथि छलफल गरिएको थियो । कठघरामा डफ उभिएकी कृतिकार मोमिला र उनको कृतिमाथि केही अभियोग लगाइयो थियो । कृतिकार मोमिलाले अभियोगको सफाइमा केही वैचारिक अभिव्यक्ति दिइन् । र, आफू वक्ररेखामा हिँड्न रुचाउने दृष्टिकोण प्रस्तुत गर्दै महिला आफैंमा एक नायक भएको बताइन् ।
समालोचक प्रा.डा. सावित्री कक्षपतीले मोमिलाले यस कृति मार्फत् एक किसिमको जीवन दर्शन निर्माण गरेको बताइन् । उनले कृतिभित्र आवाजविहीनहरूको आवाज समेटिएको उल्लेख गरिन् ।
साहित्यकार केशव सिग्देलले मोमिलाले जीवनका अनेक रङ्गहरू यस कृति मार्फत् प्रस्तुत गरेको बताउँदै मोमिला सत्यको पछाडि लाग्ने सर्जक भएको उल्लेख गरे ।
नवीन प्रयोगकासाथ प्रस्तुत कृति सार्वजनिक समारोहमा न्यायाधीशको भूमिकामा रहेका नाट्यकर्मी अशेष मल्लले यस कृतिमा रहेका मोमिलाका निबन्धहरू पूर्वीय दर्शनको जगमा उभिएको उल्लेख गरे । उनले कृतिका निबन्धहरू लालित्यपूर्ण रहेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि एलबी क्षेत्री र सहजकर्ता महेश पौड्यालले पनि मोमिलाको कृतिका बारेमा बोलेका थिए ।
Trending Now
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
- नेपाल लेखक संघको अध्यक्षमा बुढाथोकी निर्वाचित
- वनिताद्वारा विभिन्न पुरस्कारको घोषणा
- कुलमान घिसिङ समर्थकको प्रदर्शन जारी, तस्बिरहरू
- डा. राजेन्द्र विमल प्रतिष्ठानद्वारा दुई सर्जक सम्मानित
Comments are closed.