काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणका क्रममा देशको हित र विकासका पक्षमा काम गर्न सुझाव दिएका छन्। सोमबार बिहान सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलपछि उनले देशको हित र विकासको पक्षमा छलफल गर्न सुझाव दिएको बताएका हुन् ।
उनले भने,’देशको हितमा ध्यानमा राखेर छिमेकीहरूका मनमा कुनै किसिमका शंका छन् भने, प्रश्नहरू छन् भने, त्यसलाई ध्यानमा राखेर उहाँहरूको संवेदनशीलतालाई पनि बुझ्नुपर्छ। तर, विश्वास के गर्नुपर्छ भने नेपाल असंलग्न परराष्ट्र नीतिमा उभिन्छ। कुनै पनि छिमेकी मुलुकका विरुद्धमा नेपालको भूमि प्रयोग गर्न दिइँदैन। यस अर्थमा हामी संसारका सबै देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं। नेपाल एउटा शान्ति भूमि हो। यो शान्ति भूमि हो भन्ने कुरा ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं।’
उनले बीआरआई परियोजना राष्ट्रको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताए। ‘बीआरआईको बारेमा स्वभाविक रुपमा स्वीकार गर्दै आएको हो। स्वीकार गरिन्छ। बीआरआई नेपालको हितको विरुद्धमा छैन। नेपालजस्तो देशले लाभ लिनुपर्छ। लाभ लिने कुरामा सबैसँग समधुर सम्बन्ध राखेका छौं। बीआरआईलाई अघि बढाउनुपर्छ।’
प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। भ्रमणलाई उपलब्धीमूलक बनाउने तयारीस्वरुप प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज छलफल गरेका थिए।
Trending Now
- रास्वपाले रवि लामिछानेबारे मानव अधिकार आयोगमा पत्र बुझायो
- शिक्षक आन्दोलनमा हेम सरिता पाठक फाउन्डेसनले ऐक्यबद्धता जनायो
- 79 killed in nightclub roof collapse in Dominican Republic
- Petroleum prices fall in global market, close to $56 per barrel
- अछामको बान्नीगढी जयगढमा भीषण आगलागी, सात करोड बराबरको क्षति
- US revokes permits of 9 million immigrants, orders them to leave the country immediately
- The US imposed a 104 percent tariff on China
- कांग्रेस पार्टीभित्र समीक्षा जरुरी छ- शेखर कोइराला
- अमेरिकाले औषधिमा पनि चाँडै कर लगाउँदै
- हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन जुट्यो सरकार
Comments are closed.