५९ यात्रु सवार बुद्धको जहाज भैरहवा विमानस्थलको रनवेमा चिप्लियो

काठमाडौं । रुपन्देहीको गौतमबुद्ध विमानस्थलको रनवेमा बुद्ध एयरको जहाज चिप्लिएर घाँसे मैदानमा पुगेको थियो। काठमाडौंबाट भैरहवा गएको नाइन एन–एओसी जहाज गएराति राति ९ बजेतिर रनवेमा चप्लिएको हो । विमानस्थल प्रशासनका अनुसार जहाजको चक्काले माटो छोएको थियो । जहाज रनवेबाट ४र५ मिटर चिप्लिएर किनारमा पुगेको थियो । जहाजबाट सबै यात्रुलाई सुरक्षित बाहिर निकालिएको थियो ।जहाजमा ५९ यात्रु सवार थिए । बुद्ध एयरको प्राविधिक टिम र प्रहरी तैनाथ गरी जहाजलाई तानेर एराइभलतर्फ ल्याएको थियो ।

Comments are closed.