लुम्बिनी –– नेपाल लेखक संघको अध्यक्षमा वियोगी बुढाथोकी निर्वाचित भएका छन् ।
लुम्बिनीमा सम्पन्न आठौं राष्ट्रिय अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।
कूल ३ सय एकजना प्रतिनिधीहरु सहभागी उक्त अधिवशेनमा आफ्ना प्रतिद्धन्दी रत्नमणी नेपालसंग ५६ मतले विजयी भए । उनले १ सय पन्ध्र मत प्राप्त गरे भने उनीसंग पराजित नेपालले ५९ मत पाए ।
यसैगरी सहअध्यक्षमा मनोज न्यौपाने विजयी भए । महासचिवमा सोझो गाउँले विजयी बने ।
अन्य पदमा भने सर्वसम्मत भएको थियो ।
खुला उपाध्यक्षमा दामु मर्सिफुल,डा.इश्वरमणी अधिकारी,डा.विष्णु केसी र डा.शशी थापा पण्डित सर्वसम्मत भए ।
यसैगरी महिला उपाध्यक्षमा युवराज डि.सी.,उपमहासचिवमा नारायण सापकोटा,कोषाध्यक्ष विशु कुमार के.सी.र खुला सचिवमा निर्मल ढुंगाना,डा.लोकेन्द्र बहादुर खड्का र मिलन समीर सर्वसम्मत भएको निर्वाचन संयोजक धर्मेन्द्र नेम्वाँगले जनाएका छन् ।
यसैगरी महिला सचिवमा निर्मला कोइराला निर्विरोध निर्वाचित हुँदा अन्य केन्द्रीय सदस्यहरु समेत निर्विरोध निर्वाचित भए ।
अधिवेशनको उद्घाटन गत शनिबार पूर्वप्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए ।
Trending Now
- २०८१ साल : आठ हजार बढी घटनामा ७४५ जनाको मृत्यु
- जिब्रो छेड्ने जात्राको पूर्वतयारी : हात नभएको लिङ्गो उठाइयो
- थपियो वीरगन्जगमा १२ घण्टा कर्फ्यु
- 100 killed in Darfur, Sudan by paramilitary group
- विभिन्न २८ जना स्रष्टाहरूलाई २०८० सालको नइ पुरस्कार अर्पण
- कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठलाई ३८ संस्थाको अभिनन्दन
- लीलाध्वज स्रष्टा सम्मान’द्वारा विनोदी सम्मानित
- साहित्यकार गणेशप्रसाद लाठको ‘सीमान्त सम्झना’ सार्वजनिक
- शिवपुरी साहित्य समाजद्वारा स्रष्टाहरू सम्मानित तथा पुरस्कृत
- वीरगन्जमा दुई समुदायबिच उत्पन्न विवाद समाधानका लागि डाकियो सर्वपक्षीय बैठक
Comments are closed.