नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको बस त्रिशुलीमा नदीमा खस्यो

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ।
शुक्रबार बिहान साढे ७ बजेतिर धादिङ र चितवनको सिमानामा एउटा कारसँग ठोक्किएर यात्रुबाहक बस त्रिशुलीमा खसेको ट्राफिक प्रहरी कार्यालय धादिङका प्रमुख इन्स्पेक्टर रविन्द्र श्रेष्ठले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको कारसँग ठोक्किएर बस त्रिशुलीमा खसेको हो ।
बिहान ७ बजेर १५ मिनेटमा इच्छाकामना गाउँपालिका वडा न ३ फिस्लिङ र मोवाखोला बिच सडकमा नेपालगन्जबाट काठमाडौ तर्फ आउदै गरेको भे १ ख ४०६२ नको रात्री बस र काठमाडौबाट मुग्लिङ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१ ०२९ च ३७२० न को कारले ओभरटेक गर्ने क्रम मा बिपरित दिशा बाट आउदै गरेको बस सङ्ग ठोक्किएर दुर्घटना हुदा बस त्रिशुली नदिमा खसेको हो । कारको चालक गम्भीर घाइते छन् भने बसमा सवार केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

 

Comments are closed.