जनीतिक अवस्था बारे छलफल गर्न राप्रपाले पनि बोलायो पदाधिकारी बैठक

काठमाडौँ । परिवर्तित राजनीतिक अवस्थाको बारेमा छलफल गर्न राप्रपाले पनि पदाधिकारी बैठक बोलाएको छ ।

परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न राप्रपाले केन्द्रीय पदाधिकारी बैठक बोलाइएको हो । बैठक मंगलबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बोलाइएको छ ।

गए राति नेपाली कांग्रेस र नेकपा एमालेबिच नयाँ सत्ता समीकरणको सहमति बनेपछि देशको राजनीतिक समीकरण बदलिएको छ । दुई ठुला दल बिच सरकार परिवर्तनका विषयमा मात्र होइन संविधान संशोधन लगायतका विषयमा समेत छलफल भएको छ । यसले नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याएको छ ।

Comments are closed.