दुर्गा प्रसाईंसहित ३ जना विरुद्ध संगठित अपराध र आपराधिक लाभमा मुद्दा दायर

काठमाडाैं । झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहित ३ जनाविरुद्ध संगठित अपराध र आपराधिक लाभको कसुरमा मुद्दा दर्ता भएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार प्रसाईंसहित ३ जना विरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकाे हाे ।

संगठित रुपमा नेपालका व्यवसायीलाई धम्क्याएर आपराधिक लाभ लिएको कसुरमा प्रसाईंसहित पाँचथरका नविन प्रधान भन्ने हरिचन्द्र फुयल र तेह्रथुम घर भई बिर्तामोड बस्ने रामचन्द्र मैनालीविरुद्ध मुद्दा दायर भएकाे हाे । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरू उनीविरुद्ध मुद्दा दायर गरिएकाे हाे ।

यसअघि प्रसाईंविरुद्ध साइबर अपराधको आरोपमा मुद्दा दायर भएको थियो । साे कसुरमा उनी ४० हजार रुपैयाँ धरौटीमा रिहा भएका थिए । प्रसाईंविरुद्ध फेरि अर्को मुद्दा दर्ता भएको हो ।

प्रसाईंसहितका व्यक्तिले धम्क्याएको भन्दै नेपाल राष्ट्र बैंक, व्यवसायी पवनकुमार गोल्यान र दिपेन्द्र अग्रवालले सीआईबीमा जाहेरी दिएका थिए । जाहेरीमा प्रसाईंसहितका आरोपीलाई संगठित अपराध निवारण ऐन र आपराधिक लाभ लिन नहुने कसुरमा कारबाहीको माग दाबी गरिएकाे छ ।

Leave A Reply

Your email address will not be published.