काठमाडौं : काभा वुमन्स च्यालेन्ज कप भलिबलमा घरेलु टोली नेपालले विजयी शुरुवात गरेको छ।
त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आज (सोमबार) भएको उदघाटन खेलमा कीर्गिस्तानलाई ३–० को सोझो सेटमा हराउँदै नेपालले विजयी शुरुवात गरेको हो।
नेपालले कीर्गिस्तानमाथि २५–११, २५–१९ र २५–११ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै नेपालले ३ अंक जोडेको छ।
आजै भएको अर्को खेलमा उपाधि दावेदार भारतले बंगलादेशमाथि ३–० को सोझो सेटमा खेल जित्दै विजयी शुरुवात गरेको छ।
भारतले बंगलादेशमाथि २५–३, २५–९ र २५–६ बाट सहज रुपमा खेल जितेको हो। जितसँगै भारतले समूह ‘ए’ मा ३ अंक जोडेको छ।
आज नै भएको अर्को खेलमा उज्वेकिस्तानले श्रीलंकामाथि ३–० को सोझो सेटमा जितेर विजयी शुरुवात गरिसकेको छ।
लिगको अन्तिम खेलमा साँझ ७ बजे माल्दिभ्स र कजाकस्तानबीच प्रतिस्पर्धा हुँदै छ।
८ राष्ट्रको सहभागिता रहेको च्यालेन्ज कपमा सहभागी टोलीलाई २ समूहमा विभाजन गरिएको छ।
एक हप्तासम्म चल्ने प्रतियोगिताको शुरुवाती ३ दिन ४ खेल र बाँकी ४ दिन २ खेल हुनेछन्।
दुई समूहको राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरीयताका लागि प्रतिस्पर्धा गर्नेछन्।
Trending Now
- काठमाडौँका यी स्थानमा चार दिन विद्युत् अवरुद्ध हुने
- रातो मच्छिन्द्रनाथकाे रथारोहण
- आज अक्षय तृतीया:धार्मिक-साँस्कृतिक परम्परा
- रविलाई संसद्मा बोल्न दिने कांग्रेसको निर्णय
- कोशीका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लिए शपथ
- प्रहरीले बुझ्यो सूर्यदर्शन सहकारीको प्रतिवेदन, रवि लामिछानेले एक करोड लगेको निष्कर्ष !
- सङ्घीय संसद्अन्तर्गत बजेट अधिवेशन आजदेखि
- एमाले चितवनको अधिवेशन: तीव्र तयारीमा जुट्दै राष्ट्रिय युवा संघ नेपाल
- मालदिभ्सबाट फिर्ता भए भारतीय सेना
- वन्यजन्तु संरक्षण चुनौती: दश महिनामा २१ गैँडा मरे
Comments are closed.