बिक्रम सम्बत २०७९लाई विदा गर्दै नयाँ वर्ष २०८० आजदेखि सुरु भएको छ । नयाँ वर्षको पहिलो दिनको अवसरमा देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइयो ।
प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई नयाँ वर्ष भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार विभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।
आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको जेठो दिन पनि हो। सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको राष्ट्रिय धर्मसभाका अध्यक्ष प्रा डा माधव भट्टराई बताउँछन्।
२०८० को प्रथम दिन अर्थात् आज नववर्षका अवसरमा नेपालका विभिन्न पर्यटकीय स्थलहरु भरिभराउ भएका थिए। आफुलाई पायक पर्ने स्थानहरुमा गएर नयाँ वर्ष मनाएका थिए। पाथिभरा, मौला कालिका, बराहक्षेत्र, देवघाट, आदिमा विहानदेखि नै घुइचो थियो। काठमाडौँ तथा आसपासका क्षेत्रहरु धुलिखेल, नगरकोट, चन्द्रगिरि, चित्लाङ्ग, गोकर्ण नमोबुद्द, शिवपुरी आदि क्षेत्रहरुमा मानिसहरुको भिडभाड थियो। आज सबेरै देखि पशुपतिनाथ मा मानिसहरुको भिड रहेको थियो। वर्षले बिदा लिइरहँदा वर्षभरि आफुले गरेका घटनाको स्मरण गर्ने र समीक्षा गर्ने राम्रो काम गर्ने प्रण गरिन्छ। यस्तै शुभ कामनासहित आज देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले नयाँ वर्ष मनाएका छन्।
Trending Now
- Over 92,000 evacuated as Los Angeles wildfires claim 25 lives, destroy 12,300 structure
- US tightens its grip on AI chip flows
- Over 1.5 cr devotees take dip on first day of Mahakumbh: seven-tier security plan in place for this 45 day grand event
- ३० लाख ग्राहक छन इन्टरनेटका : एकतिहाइ बजार वर्ल्डलिंकको, २० ठूला कम्पनी यी हुन्
- १२ वर्षे महाकुम्भ मेला भारतमा सुरु, ४० करोड तीर्थालु आउने अनुमान
- पोखरामा नारी स्रष्टा विशेष कवि गोष्ठी सम्पन्न
- Biden, Netanyahu discuss ceasefire, hostage release.
- Taliban do not consider women as human: Malala Yousafzai
- पाँच वर्षमा एक खर्ब सात अर्ब ६६ करोड २७ लाखभन्दा बढी कृषि अनुदान वितरण
- More than 100,000 girls to be vaccinated against cancer in Kathmandu
Comments are closed.