प्रत्येक वर्ष मार्गशीर्षकृष्ण त्रयोदशीका दिन पशुपति क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्र्दै पशुपतिनाथलगायत देशभरका शिवालयमा गरिने महादीपदान पर्व आज मनाइँदैछ ।
दिवङ्गत पितृका नाममा आज बेलुकी महादीपदान गर्ने प्रचलन रहेको छ । विभिन्न तीर्थस्थलमा गएर आफ्ना पितृहरुको स्मृतिमा दीप जलाएर भोलि बिहान सद्गतिको कामना गर्दै दिप सेलाउने तथा शतबीज छरिन्छ । आज पशुपति क्षेत्रका विभिन्न स्थानमा महादीपदान गर्नेको घुइँचो छ । भोली विहान शतबीज छरेर भक्तजनहरु घर फर्कनछन् ।
यसअन्तर्गत पितृका नाममा बत्ती बाल्न बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड सुरु हुन्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन्न् ।
चतुर्दशीका दिन बिहान भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै सतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड महादीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै सतबीज छर्छन् ।
यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ । बालाचतुर्दशीको अघिल्लो रात सोमबार दिवङ्गत पितृका नाममा महादीपदान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका छन् । सोमबार रातभर दीपदान गरी बसेका भक्तजनले मङ्गलबार बिहानै पितृको सम्झनामा सतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन् ।
Comments are closed.