काठमाडौं । शेर्पा समुदायले आज विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो ल्होसार मनाउँदै छन् । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन मनाउने गरिन्छ ।
शेर्पा समुदायले नयाँ वर्षका रूपमा आज २१५१औं ग्याल्पो ल्होसार मनाउँदै छन् । मुसा, गाई, बाघ, खरायो, मेघ, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको हुन्छ ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले सोनाम ल्होसार मनाउने गर्दछन् ।
ग्याल्पो ल्होसारको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाललगायतले शुभकामना दिँदै यस्ता पर्वले सांस्कृतिक विविधताको संरक्षण र एकतामा बल पुग्ने बताएका छन् ।
Comments are closed.