चीनमा लुनार पर्व भव्यरुपमा मनाइँदै

काठमाडौं : आज चीनमा लुनार पर्व भव्यरुपमा मनाइँदैछ। कोरोनाको नयाँ लहरका बीच चीनमा लुनार पर्व मनाइँदैछ।

चिनियाँहरुको मुख्य चाड लुनारका अवसरमा परिवारसँग पुनर्मिलनका लागि देशका विभिन्न भूभागबाट आ–आफ्नो घर जानेहरुको भिड लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

चीनले लुनार पर्व अर्थात् चन्द्र पात्रोको नयाँ वर्षका दिनसम्म देशभर शून्य कोरोनाको नीति लिए पनि अधिकांश सहरमा कोरोना संक्रमितहरु भेटिइरहेका छन्। यद्यपि बजार भने खुला गरिएको छ।

लुनारको पूर्वसन्ध्यामा हिजो अधिकांश सहर झिलिमिली पारिएको थियो भने रेल तथा हवाई यातायात सञ्चालनको दर उच्च रहेको थियो। चीनमा पछिल्लो पटक कोरोना संक्रमण बढेसँगै बजारमा तरकारी तथा अन्य उपभोग्य सामानको मूल्य बढे पनि नयाँ वर्षको अवसरमा भने अधिकांश सामानको मूल्य नियन्त्रण गरिएको त्यहाँको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ।

लुनार चिनियाँहरुको पुनर्मिलन र नयाँ परिकार खाएर रमाइलो गर्ने पर्व हो। यो पर्वका अवसरमा अत्यावश्यकीय बाहेक अधिकांश सेवामा बिदा दिने गरिएको छ।

Comments are closed.