पोखराको आर्चलबोट चोकमा सीजी मोटर्सको (नेटा ) शोरुम शुभारम्भ भएको छ ।
नेपालका लागि चीनका राजदुत चेन सङ लगायत अन्य ब्यक्तित्वहरुले एक समारोहका बिच उक्त शोरुमको उद्घाटन गरेका थिए । उद्घाटनको अवसरमा नेपालका लागि राजदुत चेन सङले नेपाल तथा चिनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना ब्यक्त गरे । उद्घाटन समारोहमा सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरुकोसमेत उपस्थिति थियो ।
राजदुत चेन सङले नेपालमा डिजल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडीको फाईदा धेरै नै रहेको ब्यक्त गरे । नेपालमा ग्रीन इेनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भतातिर जान चीनले शाहयोग गर्ने बताए ।
नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठुला शहरहरुमा चर्जिङ स्टेशनको बिकास गर्ने बताए ।
सर्वजनिक यातायातमा इे भि गाडीलाई नै पहिलो प्राथमिकतामा राख्नु पर्छ भन्ने धारणा ब्यक्त गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराए । सीजी मोटर्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीलेसमेत सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए । नेपालमा बजारको माग अनुसार राम्रो र गुणस्तरीय गाडीहरु बिक्री बितरण गर्ने योजन छ । इे भि ट्याक्सी र माईक्रोबसको सफल शुभरम्भका साथै काठमाडौं पोखरा रुटको लागि ११ देखि १९ सिटरसम्मका माईक्रो बसहरु उपलब्ध हुनेछन ।
उक्त कार्यकरममा पोखराका लागि पहिलो इभि ट्याक्सी साथै, पहिलो बिद्युतिय माईक्रो बसको चीनका राजदुत चेन सङले हस्तान्तरण गरे । अब पोखरा शहरमा बिद्युतिय गाडीको प्रयोगका लागि सुझाव दिए ।
पियोर इभी प्लाटफर्ममा बनेको नेटा भी ले फुल चार्जमा ३८० किमी को दुरी पार गर्न सक्ने सीजी मोटर्सले बाताएकोे छ ।
१७० एम एम ग्राउण्ड क्लियरेन्स रहेको नेटा भी नेपालको बाटोहरुका लागि पनि उपयुक्त रहेको कुरा सीजी मोटर्सका एक कर्मचारीले बताए ।
किसिमको ग्राउण्ड क्लीयरेन्स तथा यसको डिजाइनले नेटा भी लाई एयरोडाइनामिक्स दिन्छ जसले यसको गति र सन्तुलन कायम राख्छ । नेटा भी गाडि भित्र प्रदुषणरहित बनाउन एन ९५ हेपा फिल्टरको प्रयोग भएको छ जसले बाहिरको प्रदुषणका साथै भित्र गाडीको हावाको पनि प्रदुषण फिल्टर गर्ने गर्छ । नेटा भी मा विश्वको ठुलो ब्याट्रि निर्माण कम्पनी सिएटिएल ब्याट्रिको प्रयोग भएको छ ।
सीजी मोटर्सले नेटा भी का साथै इभी माइक्रोबस केवाइसी तथा किङलङका मोडलहरु समेत बिक्री गर्दै आएको छ र उक्त मोडलहरु पोखरा शोरुममा समेत उपलब्ध हुनेछन् ।
साथै गण्डकी प्रदेशमा इभि ट्याक्सी र बिद्युतिय माईक्रो बसका लागि सीजी मोटर्स प्रा लिले अधिकारिक बिक्रेता का रुपमा विश्वकर्मा अटो मोटर्सलाई नियुक्त गरेको छ ।
Comments are closed.