नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल बालसाहित्य समाजको संयुक्त आयोजनामा भइरहेको “प्रथम बालपुस्तक प्रदर्शनी र उपत्यकाव्यापी विद्यालयस्तरीय स्थलगत कथालेखन प्रतियोगिता” आज माघ १६ गते सम्पन्न भएको छ । सोही सन्दर्भमा आयोजित समापन कार्यक्रममा कथालेखन प्रतियोगितामा पहिलो, दोस्रो, तेसो र सान्त्वना पुरस्कृत हुने २ जनालाई क्रमशः रू. १० हजार, ७,०००/-, ३,०००/- र १,०००/-/१,०००/- को पुरस्कार र प्रमाणपत्र प्रदान गरियो । पुरस्कारमा आधा रक्म बराबरको पुस्तक रहेको छ । साथै सबै सहभागीलाई २/२ वटा पुस्तक र प्रमाणपत्र पनि दिइएको थियो । सो अवसरमा बालपुस्तक प्रदर्शनीमा सहभागी प्रकाशन संस्थाहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो ।
प्रज्ञा-प्रतिष्ठानका उपकुलपति विमलकृष्ण श्रेष्ठ र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो । कथालेखन प्रतियोगितामा हिमरश्मी हाइस्कुलकी कृतिका श्रेष्ठ पहिलो, काठमाडौं प्रज्ञा कुन्जकी रिआना बोगटी दोस्रो र युनाइटेड स्कुलकी आराध्या पराजुली तेस्रो भइन् भने युनिक नेपाल एकेडेमीकि रक्षा राई र सुशान्त उप्रेतीले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए । प्रतियोगितामा काठमाडौं उपत्यकाका ४१ स्कुलका ८५ जना विद्यार्थीको सहभागिता थियो। प्रतियोगिता माघ १३ र १४ गते भएको थियो ।
नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानको अध्यक्षतामा भएको कार्यक्रममा उपकुलपति विमलकृष्ण श्रेष्ठले प्रज्ञा- प्रतिष्ठानमा बालप्रतिभाहरूको सहभागितामा कार्यक्रम गर्न पाउँदा अत्यन्त खुशी लागेको बताउँदै आगामी दिनमा कार्यक्रमलाई अझ विस्तार गर्ने उल्लेख गर्नुभयो ।
प्रकाशकका तर्फबाट परिचय पब्लिकेसनका नवीन खतिवडाले आफूहरू अत्यन्त उत्साहित भएको र प्रज्ञा र बालसाहित्य समाजले यसलाई निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो । प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले स्वागत र समाजका महासचिव विजयराज आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा कथा प्रतियोगिताका संयोजक नेपाल बालसाहित्य समाज, कार्यसमितिका सदस्य सुशीला प्रधानाङ्ग, पुस्तक प्रदर्शनीका संयोजक नेपाल बालसाहित्य समाजका कार्यसमिति सदस्य भानु भट्टराई, ब्राइट फ्युचर इङलिस स्कुलका संस्थापक मनोजकुमार श्रेष्ठ, सहभागी छात्रा न्यू होराइजनकी खुशी जयसवालले कार्यक्रमबारे आआफ्नो धारणा राख्नुभएको थियो ।
यसरी नै यस समापन समारोहमा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा “प्रज्ञा बालसाहित्य पुरस्कार” स्थापना गरेको कुराको जानकारी पनि दिनुभयो । “प्रज्ञा बालसाहित्य पुरस्कार” अन्तर्गत रू. १ लाख राशि रहने कुरा पनि समारोहमा उद्घोष गर्नु भयो । उक्त पुरस्कार स्थापना भएकोमा प्रतिक्रिया दिँदै नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले प्रतिष्ठान र समाजबीच सहकार्य भै नियमित रूपमा विशिष्ट कार्यक्रमहरू भइरहेको अवस्थामा प्रज्ञा-प्रतिष्ठानले “प्रज्ञा बालसाहित्य पुरस्कार”को स्थापना गरेको घोषणा हुनु अत्यन्त सुखद र महत्त्वपूर्ण भएको बताउनुभएको छ । कार्यक्रममा उपस्थित बालसाहित्यकारहरूले प्रतिष्ठानको सो कार्यको ताली बजाएर प्रशंसा गर्नुभएको थियो।
Trending Now
- At least 85 dead in fiery South Korea airliner crash, two crew rescued
- US President-elect Donald Trump defends H-1B visa program for highly skilled foreign workers
- Russian Prez Putin apologises to Azerbaijan’s Aliyev for ‘tragic’ plane crash
- Nepal wins first gold in International Open Karate Championship in India
- During martial law, Yoon Suk gave the army the order to shoot
- भारतका पूर्व प्रधानमन्त्री सिंहको राजकीय सम्मानसाथ अन्त्येष्टि
- Former President of Sri Lanka Wickramasinghe in Nepal
- वाइडबडी घोटाला प्रकरण
- The number of homeless people in America increased by 18 percent.
- 14,308 students of Tribhuvan University graduated
Comments are closed.