Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीन–युरोप नजिकिए, दुई महिनामा पाँच देशका नेता पुगे बेइजिङ

Editorial Team by Editorial Team
January 30, 2026
in News, World
0
चीन–युरोप नजिकिए, दुई महिनामा पाँच देशका नेता पुगे बेइजिङ
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — बेलायतका प्रधानमन्त्री कियर स्टार्मर बुधबार तीनदिने चीन भ्रमणमा पुगे । विगत दुई महिनामा पाँच पश्चिमा देशका नेता चीन पुगेका छन् । स्टार्मरअघि फ्रान्स, क्यानडा, फिनल्यान्ड र आयरल्यान्डका नेताहरू बेइजिङ गएका थिए ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका ट्यारिफ (भन्सार शुल्क) धम्कीले पश्चिमा देशलाई चीनसँग सम्बन्ध सुधार्न बाध्य बनाएको हो ? सिड्नी विश्वविद्यालयका अन्तर्राष्ट्रिय राजनीति र अमेरिकी इतिहासका विशेषज्ञ डा. स्टुअर्ट रोलोकाले भने, “ट्रम्पका आक्रामक नीतिका कारण विश्व सन्तुलन परिवर्तन भइरहेको छ ।”

द गार्डियनको रिपोर्टअनुसार, ट्रम्पले नेटोमाथि प्रश्न उठाउने, ग्रीनल्यान्ड कब्जाको चेतावनी र गठबन्धनको उपेक्षा गर्दा युरोपेली सहयोगीमा विश्वासको कमी आएको छ । यसमा ट्रम्पका ट्यारिफ धम्कीको ठूलो भूमिका छ ।

युरोप ट्याक्स फाउन्डेसनको रिपोर्टअनुसार, ट्रम्पले विश्वभरका देशमा औसत १० देखि २५ प्रतिशत ट्यारिफ लगाएका छन् । त्यसले व्यापारमा अनिश्चितता बढाएको छ ।
युरोपेली देशमा १५ प्रतिशत ट्यारिफले फ्रान्स र जर्मनीमा वित्तीय संकट र मन्दीको आशंका बढाएको छ । यो महिना मात्र ट्रम्पले ग्रीनल्यान्ड कब्जाको विरोध गर्ने आठ युरोपेली देशमाथि १० प्रतिशत अतिरिक्त ट्यारिफको धम्की दिए । तर, केही समयपछि त्यो फिर्ता लिइयो ।
जर्मन चान्सलर अर्को महिना चीन जाने
जर्मनीका चान्सलर फ्रेडरिक मर्जले आउँदो फेब्रुअरी २४ देखि २७ सम्म चीन भ्रमण गर्ने भएका छन् । उनी उद्योग र व्यापार प्रतिनिधिमण्डलसहित चीन जानेछन् । जर्मनीको कमजोर अर्थतन्त्र यसको मुख्य कारण हो ।
चीन जर्मन कार उद्योगको सबैभन्दा ठूलो बजार हो । तर, बिक्री घट्दा कम्पनीहरूमा दबाब छ । अमेरिकी ट्यारिफको आशंकासँगै जर्मनी चीनसँग व्यापार र लगानीको बाटो खुला राख्न चाहन्छ, ताकि उद्योग, रोजगारी र अर्थतन्त्रलाई सहारा मिलोस् ।

चीनसँग सम्बन्ध ‘रिसेट’ गर्दै पश्चिमा देश
पश्चिमा देशका नेताहरूले गरेको चीन भ्रमणलाई आर्थिक आवश्यकताबाट मात्र नभई सम्बन्ध ‘रिसेट’ गर्ने कूटनीतिक प्रयासका रूपमा पनि हेरिएको छ ।

बेलायतले हालै लन्डनमा नयाँ चिनियाँ दूतावास निर्माण स्वीकृत गरेको छ । क्यानडा र चीनले सम्बन्धलाई ‘रणनीतिक साझेदारी’ तहमा पुर्‍याउने भनेका छन् । यो सन् २०१८ पछि पहिलो ठूलो कूटनीतिक कदम हो ।

क्यानडाका प्रधानमन्त्री मार्क कर्नी यही जनवरी १६ मा चीन गएका थिए । यो २०१७ पछि कुनै क्यानाडेली प्रधानमन्त्रीको पहिलो भ्रमण हो ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले गएको डिसेम्बर ३–५ सम्म चीन भ्रमण गरेका थिए । त्यसक्रममा सी बेइजिङबाट चेन्गदुसम्म म्याक्रोंसँगै गएका थिए । त्यो दुर्लभ दृश्य हो ।

यो महिना जनवरी ४–८ सम्म आयरल्यान्डका प्रधानमन्त्री माइकल मार्टिन चीन गएका थिए । उक्त भेटमा सीले आयरल्यान्डी लेखक एथेल भोनिचको ‘द ग्याडफ्लाई’ पुस्तकको उल्लेख गरे । त्यो उनले बाल्यकालमा पढेका थिए ।ातिनीको विवाह युवराज महेन्द्रसंग भएको थियो भने चन्द्रशम्शेरका छोराहरु केशरशम्शेर, सिंहशम्शेर र कृष्णशम्शेरको विवाह राजा त्रिभुवनका बहिनीहरुसंग भएको थियो । तसर्थ कमान्डिङ जनरल भएका चन्द्रशम्शेरका छोराहरुको बिमतीले त्रिभुवनलाई पदच्युत गर्न सकेनन् । उता नाति ज्वाइ युवराज महेन्द्रले पनि बाजेले यदि बुबा राजा त्रिभुवनलाई निस्कासित गर्छ भने आफु पनि साथ लागेर जाने भनेका थिए ।
दशरथ चन्दसंग जोडिएको अर्को एक प्रेम कथा पनि छ । प्रेमिकाको असामयिक देहावसानले गर्दा दशरथ चन्दले आजन्म विवाह पनि गरेनन् । साथै प्रेमिकाको चिनोका रुपमा प्रेमिकाले उपहारमा दिएको डम्बरकुमारी खास्टो पनि कहिल्यै छोडेनन् । जीवनको अन्तिम क्षण छातीमा गोली थापिरहँदा पनि सोही खास्टो ओढिरहेका थिए । सच्चा प्रेमको नमुना थियो त्यो दशरथ चन्दको जुलिया मैयाँ साहेवसंगको ।
जुलिया मैयाँ साहेव, तत्कालिन समयमा कमाण्डर इन चिफ रहेका रुद्रशम्शेर राणाको छोरी थिइन् । जुलिया मैया साहेवसंग दशरथ चन्दको गहिरो प्रेमसम्बन्ध रहेको थियो । तर अचानक जुलिया मैया साहेवको देहावसानले गर्दा विवाह हुन सकेन ।
दशरथ चन्द र जुलिया मैया साहेव बिच विवाह गराइ दिने मनसायले कमाण्डर इन चिफ रुद्रशम्शेरले दशरथ चन्दलाई आफ्नो चारबुर्जा दरवारमा नै ल्याएर एक छेउको लङमा बस्ने ब्यबस्था मिलाइदिएका थिए । दुइ बिच प्रेम सम्बन्ध गहिरिँदै गएको थियो ।
त्यसको केही समय पछि तत्कालिन श्री ३ जुद्धशमशेरले वीरशमशेरको ल्याइते तर्फबाट जन्मिएका छोरा रुद्रशम्शेरलाई रोलक्रमबाट हटाइ सर्वस्वहरण सहित पाल्पा निष्काशन गराइयो । जसले गर्दा जुलिया मैयासाहेव पनि बुबा रुद्रशमशेरका साथ पाल्पा पुगे । पाल्पामा रहे तापनि दुइ बिच पत्राचार भइरहन्थ्यो । विवाहको तैयारी पनि भइसकेको थियो । स्विकृति पनि भइसकेको थियो । तर विवाह गर्ने तैयारी गर्दै गर्दा नै पारिवारिक जुठो परेका कारण निर्धारित समयमा हुन लागेको विवाहको मिती सरेको थियो । यसरी पाल्पामा रहँदै गर्दा अचानक जुलिया मैयासाहेवलाई क्षयरोग लाग्यो । सो समय क्षयरोग लागेमा उपचारको सम्भावना निकै कम हुन्थ्यो । जसले गर्दा जुलिया मैयाँ साहेवको सोही रोगका कारण असमयमा नै असमायिक निधन भयो । विवाहको तैयारी भइरहेकी प्रेमिका जुलिया मैयाँ साहेवको निधन भए पछि दशरथ चन्द गहिरो शोकमा डुबिरहे । दशरथले काठमाडौमा नै बसेर प्रेमिकाको निधनको १३ दिने असौच समेत बारेका थिए । साथै प्रेमिकाको यादमा दशरथ चन्दले अर्को विवाह पनि गरेनन् । मृत्यु भन्दा केही समय अगाडि जुलिया मैयाले खास्टो उपहारका रुपमा पठाएका थिए । जुन दशरथ चन्दले कहिल्यै छोडेनन् । मृत्युको अन्तिम समय पनि सोही खास्टो ओढेर गोली थापे । रगतको आहालले भिजेको प्रेमिकाको खास्टो ओढेरै प्रेमिका भेट्न स्वर्गलोक पुगे ।
साभारः Sunil Ulak

Advertisement Banner
Previous Post

१४ वर्षपछि बंगलादेश र पाकिस्तानबीच सिधा उडान

Next Post

सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

Editorial Team

Editorial Team

Next Post
सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

सहिद दशरथ चन्द ठकुरी प्रति हार्दिक श्रद्धाञ्जली

Recommended

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जेनजीहरु सडकमा

6 days ago
CPN (UML) Chair KP Sharma Oli unveils e-bulletin of party’s mouthpiece

CPN-UML Chair KP Sharma Oli dismisses 10-point deal between Gen-Z movement and interim government

3 months ago

Don't Miss

Kathmandu Valley records drop in minimum temperature

Rains, storm in Kathmandu Valley

March 21, 2026
PM Karki thanks all concerned for a successful HoR election

PM Karki thanks all concerned for a successful HoR election

March 21, 2026
Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

Nepal’s commercial poultry sector generates nearly Rs 61 billion annually f

March 21, 2026
Russian regions warn of potential drone attacks prompting southern airports to suspend flights

Nepal: Labor permits resume for seven Middle Eastern countries

March 21, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.