नेपालका भूकम्प पीडितलाई चीनले दियो ४० करोडको राहत सामग्री

काठमाडाैं । चीन सरकारले नेपालका भूकम्प पीडितलाई करिब ४० कराेड बराबरकाे राहत सामग्री दिएकाे छ ।

जाजरकाेट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि चीन सरकारले एयरक्राफ्टमार्फत् करिब ३० कराेड  र  केरुङ नाका हुँदै करिब १० करोड बराबरको राहत सामग्री पठाएकाे हाे ।

भूकम्पपीडितका लागि चीन सरकारले एयरक्राफ्टमार्फत् पठाएको राहत सामग्री नेपालका लागि चिनियाँ राजदूत छन् सङले बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभयाे ।मंगलबार बिहान पोखरा विमानस्थलमा चिनियाँ सेनाको दुई वटा एयरक्राफ्टमार्फत् आएको आएकाे करिब ३० करोड मूल्य बराबरको साे राहत सामग्री राजदूत सङले उपप्रधानमन्त्री श्रेष्ठलाई हस्तान्तरण गर्नुभएकाे हाे ।

यस्तै चीन सरकारले केरुङ नाका हुँदै करिब १० करोड बराबरको २३ ट्रक छुट्टै राहत सामग्री पठाएको छ । जसमा २ हजार ३ सय टेन्ट, २ हजार ब्लांकेट, ७ सय टर्पलिन, ५ सय वटा महामारी रोक्ने स्पेयर र साँढे १० हजार वटा लामखुट्टे मार्ने औषधि छन् । साे सामग्री पनि बुधबार बिहान काठमाडौं आइपुगेको छ ।

Comments are closed.