राष्ट्रपति पौडेलसँग चिनियाँ राजदूत सोङले गरे भेट

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले शिष्टाचार भेट गरेका छन्।

महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासमा भएको भेटका क्रममा राष्ट्रपति पौडेल र चिनियाँ राजदूत सोङबीच दुई मुलुकमाझ रहीआएको द्विपक्षीय सम्बन्ध, पारस्परिक हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

 

Comments are closed.