काठमाडौं — नेपाली कांग्रेसले शुक्रबार काठमाडौंको तीनकुने र कोटेश्वर क्षेत्रमा भएको हिंस्रक घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले घटनाको सम्पूर्ण जिम्मेवारी ज्ञानेन्द्रले लिनुपर्ने निष्कर्ष निकालेको हो ।बैठकले घटनाप्रति दुःख व्यक्त गर्दै उक्त घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजक सविन महर्जनप्रति श्रद्धाञ्जली व्यक्त गरे ।
बैठकले कांग्रेसको अगुवाइमा गणतन्त्रवादी सबै दलसँग एकपटक छलफल गर्ने निर्णय समेत गरेको केन्द्रीय कार्यालयका सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।बैठकमा गृहमन्त्री रमेश लेखकले शुक्रबार भएको घटनाका विषयमा ब्रिफिङ गरेका थिए। गृहमन्त्री लेखकले प्रहरीले राजावादीको सभास्थल ताकेर कुनै गोली वा टियर ग्यास प्रहार नगरेको बताका थिए।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.