काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १० भ्रातृ संस्थाको महाधिवेशन गर्न ‘महाधिवेशन केन्द्रीय निर्देशन समिति’ गठन गरेको छ ।
पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी चैत मसान्तभित्र सबै भ्रातृ संस्थाको अधिवेशन सम्पन्न गर्नका लागि आज निर्देशक समिति गठन गरेका हुन् ।
पार्टीको विधान २०१७ (संशोधनसहित)को धारा २५ (९) बमोजिम गठन गरिएको उक्त समितिले महाधिवेशन सम्पन्न गराउन विद्यमान तदर्थ समितिलाई समन्वय र सहयोग पुर्याई आवश्यक निर्देशन दिनसक्ने व्यवस्था गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
कांग्रेसले नेपाल दलित संघ महाधिवेशन केन्द्रीय निर्देशन समितिको संयोजकमा सहमहामन्त्री जीवन परियार र सदस्यमा लक्ष्मी परियार र शान्ति विकलाई तोकेको छ ।
त्यसैगरी नेपाल महिला संघको निर्देशन समितिको संयोजकमा प्रवक्ता डा. प्रकाशशरण महत, सदस्यमा पुष्पा भुसाल र रुक्मिणी कोइराला, नेपाल किसान महासंघको निर्देशन समितिको संयोजकमा रमेश रिजाल, सदस्यहरूमा राजेन्द्रकुमार केसी र अञ्जनी श्रेष्ठलाई जिम्मेवारी दिइएको छ ।
नेपाल भूतपूर्व सैनिक संघको निर्देशन समितिको संयोजकमा एनपी साउद, सदस्यमा टेकप्रसाद गुरुङ र महेन्द्रकुमारी लिम्बू, नेपाल लोकतान्त्रिक खेलकुद संघको निर्देशन समितिको संयोजकमा मोहनबहादुर बस्नेत, सदस्यहरुमा उमेशजंग रायमाझी र गणेश लामा रहेका छन् ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघको निर्देशन समितिको संयोजकमा मधु आचार्य, सदस्यहरुमा सरस्वती बजिमय र मदनकृष्ण श्रेष्ठ, नेपाल थारू संघको निर्देशन समितिको संयोजकमा उदयशम्शेर राणा, सदस्यमा डा गोपाल दहित र योगेन्द्र चौधरी छन् ।
यस्तै, नेपाल प्रजातन्त्र सेनानी संघको निर्देशन समितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोखरेल, सदस्यमा मुक्ताकुमारी यादव र कान्तिका सैजुवाल रहेको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
Trending Now
- 13 million people in Ukraine urgently need humanitarian assistance
- शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
- वर्ष २०८१ का अकल्पनीय विपद् : जलवायुजन्य सङ्कट गहिरिँदै
- बिम्स्टेकको तेस्रो कृषिमन्त्रीस्तरीय काठमाडौंमा बैठक सम्पन्न
- संरक्षणको पर्खाइमा मुस्ताङको ऐतिहासिक ‘कागबेनी दरबार’
- Nepali Ambassador to Belgium Lamsal presents credentials
- On the invitation of the Chinese Communist Party, the leaders of the Maoist Center reached Chongqing, China
- आज महावीर जयन्ती : जैन धर्मावलम्बीहरूले विभिन्न कार्यक्रम आयोजना गरी मनाउंदै
- मोदीवेणीधामको सम्पत्ति सार्वजनिक गर्न प्रशासनको पत्र
- National Health and Scientific Summit in Kathmandu from Thursday
Comments are closed.