काठमाडौँ – नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई रुपन्देही जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका उनलाई सोमबार अदालतले पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
सोमबार अदालतमा उपस्थित भएका जोशीलाई थुनछेक बहसपछि न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका स्रस्तेदार यज्ञमुर्ति ज्ञवालीले जानकारी दिए ।
Comments are closed.