काठमाडाैं । झापाको सरकारी जग्गा गैरकानुनी रुपमा व्यक्ति विशेषको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा नापी कार्यालयका तत्कालीन नापी अधिकृत रामदेव मण्डल धानुक र माओवादी नेता रेवतराज पुरी (गगन)सहित १ सय ८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे छ ।
दमक नगरपालिका-१३ र १४ स्थित बालुवाटारको (रतुवा र दिपीनी खोलाको दोभानबाट उत्तरतर्फ) जग्गा गैरकानुनी रुपमा व्यक्तिका नाममा दर्ता गरी भ्रष्टाचार गरेकाे अभियाेगमा धानुक र पुरीसहित १ सय ८७ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएकाे हाे ।
झापाको साविक दमक ६ ग को सर्पट नापीको समयमा दमक नगरपालिका वडा नम्बर १३ र १४ कायम रहेको बालुवाटारको (रतुवा र दिपिन खोलाको दोभानबाट उत्तरतर्फ) १८ विगाहा १७ कठ्ठा १३ धुर जग्गा व्यक्ति विशेषको नाममा दर्ता गरेको पुष्टि भएपछि उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले जनाएकाे छ ।
नापी कार्यालय झापाका ९ जना कर्मचारी, सरकारी सार्वजनिक जग्गा गैरकानुनी तरिकाले स्वबासी जग्गादर्ता प्रक्रियाबाट आफ्नो नाममा दर्ता कायम गरेका सुरु जग्गा दर्तावला ६५ जना र विगो असुल उपर तथा जग्गा जफत प्रयोगजनका लागि मात्र प्रतिवादी बनाइएका १ सय १३ जनागरी १ सय ८७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएकाे छ । व्यक्तिको नाममा गरेको १८ विगाहा १७ करोड १३ धुर जग्गाको न्यूनतम मूल्यांकन ४१ करोड ६२ लाख १९ हजार ८७५ रुपैयाँ बराबर रहेकाले सोही रकम बराबरको बिगो कायम गरी मुद्दा दायर गरिएकाे अख्तियारले जनाएकाे छ ।
माओवादी नेता पुरीसँग ६ करोड २ लाख ७० हजार ४९९ रुपैयाँ बिगो, जरिवाना र कैद सजाय माग गरिएकाे छ । उनकी श्रीमती केशावती पुरीविरुद्ध ८४ लाख ८९ हजार १६५ रुपैयाँ बिगो माग गरी मुद्दा दायर गरिएको अख्तियारले जनाएकाे छ ।
Trending Now
- Elon Musk became the richest man in human history
- सर्वोच्चको आदेश दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण पेस गर्न
- Gratitude in Darkness, A Memoir by Dustin Pickering, Serialized in Himalaya Diary, Part 3
- The way for non-resident Nepalese to invest in the stock market has opened
- COP29 ends with $3 trillion for poor countries
- मेनुका राईको स्वरमा ‘तिमी मेरो पारुहाङ’ सार्वजनिक
- साहित्यकार समीपलाई “प्रेम शान्ति आख्यान सम्मान तथा पुरस्कार’
- शिक्षा जोगाउन शिक्षाशास्त्र जोगाउनु आजको आवश्यकता
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
Comments are closed.