मयलाल परियारको शव आज नेपाल पुग्छ : ज्ञानबहादुर शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले मयलाल परियार (दमाईं)को शव आज नेपाल पुग्ने बताएका छन् । वैदेशिक रोजगारीका क्रममा मलेसिया गएका उनको असार ८ गते मृत्यु भएको थियो ।

विभिन्न समन्वयको काम सकिएपछि जुम्लाको हिमा गाउँपालिका-१ देवारगाउँका घर भएका मयलालको शव आज नेपाल पुग्ने सचेतक शाहीले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

Comments are closed.