वरिष्ठ साहित्यकार मोहन हिमांशु थापाको निधन

वरिष्ठ साहित्यकार एवं साझा प्रकाशनका पूर्व सञ्चालक, प्रथम रङ्गमञ्च समीक्षक प्रा. डा. मोहन हिमांशु थापाको देहावसान भएको छ । वि.सं. १९९३ मा गोकर्ण, काठमाडौंमा जन्मनु भएका थापा हाल ललितपुरको नखिपोटमा बस्दै आउनु भएको थियो । रक्तचापको कारण निधन हुनुभएका थापाको पार्थीव शरीर विदेशमा रहेका छोराको प्रतीक्षामा त्यतिकै राखिएको थियो । २०७९ फागुन ६ गते पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।
प्रा. डा. मोहनहिमांशु थापाको नेवारी भाषामा समेत दखल रहेको थियो । उहाँका ‘खुकुरीमाथि एक चौटा बादल कविता सङ्ग्रहसहित, ‘साहित्य परिचय’ लगायतका समालोचनाका पुस्तकहरू प्रकाशित रहेका छन् ।

 

Comments are closed.