वरिष्ठ साहित्यकार कृष्ण जोशीको निधन

काठमाडौं,मंसिर १३
वरिष्ठ साहित्यकार कृष्ण जोशीको मंसिर १२ गते निधन भएको छ । सामान्य दाँतको दुखाईले सोमबार मोडल अस्पताल भर्ना हुनु भएका जोशीलाई जाँचका क्रममा मुटुको समस्या देखिएको थियो । सोही अस्पतालमा मध्य रात उहाँको निधन भएको थियो । ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त, वासु शशी स्मृति परिषद्का पूर्व अध्यक्ष हुनुहुन्थ्यो । उहाँका ‘मृत्यु देहोरिन्छ म बाँचे भने’ सम्मत असम्म, शीर्षकका उपन्यासहरू लगायत कविता गीत सङ्ग्रहहरू प्रकाशित छन्।  सोमबार राति निधन भएका ८३ वर्षीय जोशी सरकारी सेवाबाट अवकासप्राप्त थिए । जोशीका चार छोरा र एक श्रीमती छन् ।

Comments are closed.