यार्सा टिप्न डोल्पा गएका जाजरकोटका एक पुरुषको मृत्यु

सुर्खेत । यार्सा टिप्नका लागि डोप्पा पुगेका जाजरकोटका एक जनाको मृत्यू भएको छ । मृत्यु हुनेमा जाजरकोट बारेकोट गाउँपालिका–८ जुगेना बस्ने अन्दाजी ३९ वर्षीय जंगबहादुर भुल रहेका छन् ।  उनी गत वैशाख २२ गते देखिनै यार्सा टिप्न भनि घरबाट निस्किएर डोल्पाको डोल्पोबुद्ध गाउँपालिका– ३ टाँस्कीस्थित रहेको थाङबुचे पाटनमा आएको डोल्पा प्रहरीले जनाएको छ ।

शुक्रबार उनलाई एक्कासी श्वासप्रश्वासमा समस्या आएको थियो । उपचारका लागि डोल्पोबुद्ध गाउँपालिका– १ धोमा ल्याई माउण्टेन स्टार होटलमा राखिएको थियो । स्थानीय स्वास्थ्यकर्मीद्वारा उपचार भैरहेकै अवस्थामा उनको मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

Comments are closed.