काठमाडौँ – इजरायलको आक्रमणबाट गाजामा मृत्यु हुनेको संख्या ७० हजार १ सय पुगेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ। युद्धविरामको बावजुद जारी इजरायली हमलापछि ध्वस्त भएका भग्नावशेषहरूबाट मात्रै तीन दिनमा ३ सयभन्दा बढी शव भेटिएका छन्। गाजाका अधिकारीहरूले हजारौं थप शव भेटिन सक्ने आशंका गरेका छन्। इजरायलले भने मृतकको तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्न उठाउँदै आएको छ।







