हज यात्रुको २३ हजार रुपैयाँ फिर्ता गर्ने निर्णय

काठमाडौँ । हज समितिले सन् २०२४ को हजमा खर्च भई बाँको रहेको रकम फिर्ता गर्ने निर्णय गरेको छ । हज समितिको बैठकले हज शुल्क बापत प्रति व्यक्ति ४ लाख १५ हजार रुपैयाँ उठाइएकोमा हज सम्पन्न भएपश्चात यकिन गर्दा प्रतिव्यक्ति जम्मा ३ लाख ९१ हजार ५९३ रुपैयाँमात्र खर्च भएको देखिएकाले बाँकी रकम प्रतिव्यक्ति २३ हजार ४०७ रुपैयाँ फिर्ता गर्ने निर्णय गरेको हो ।
मंगलबार प्रकाशित सूचनाअनुसार रकम फिर्ता पाउनका लागि हज यात्रुले आफ्नो बैंक खाताको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा एक महिनाभित्र बुझाउनुपर्ने छ ।

May be an image of text

Comments are closed.