दीपक–दीपाको सिनेमा हल तयार, भोलि उद्घाटन, तस्बिरहरू

काठमाडौँ । ९ करोडको लागतमा दीपकराज गिरी र दीपाश्री निरौलाले नयाँ बानेश्वरस्थित शंखमुल रोडमा निर्माण गरिरहेको फिल्म हल शुक्रबारदेखि सञ्चालनमा आउने भएको छ । लामो समयदेखि निर्माण हुँदै आएको मल्टिप्लेक्स हल भोलि बिहान औपचारिक उद्घाटनसहित सञ्चानलमा आउन लागेको हो ।

‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, दीपाले भनिन् । उद्घाटनको दिन हलमा फिल्म नाङ्गो गाउँ र  एक भागवत  र एक गीता लाग्ने छ ।

हल केही अगाडि नै उद्घाटन गर्ने दीपक–दीपाको योजना थियो । आर्थिक मन्दी लगायत विभिन्न कारणले केही ढिलाइ हुन पुग्यो । आईएनआई सिनेमाजको फ्रेन्चाइज अन्तर्गत सञ्चालन हुन लागेको हलमा दुईवटा अडिटोरियम रहेको छ । जसमा दुई–दुई सय दर्शक क्षमता छ ।

Comments are closed.