काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गर्दै आज माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा आयोजना गरेको प्रदर्शनमा सहभागीहरूले राज्यका हरेक निकायमा प्रतिनिधित्वको माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा सहभागीले फलामे साङ्लो (जन्जिर) मा बाँधिएर दलितलाई मन्त्री खै ? दलितलाई कानुन खै ? दलितलाई नियुक्ति खै ? जस्ता प्रश्न लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
अभियानका संयोजक खगेन्द्र सुनारले राज्यका हरेक संरचनामा दलित समुदायको सम्मानजनक सहभागिता हुनुपर्ने मागसहित प्रदर्शन गरिएको बताए ।
प्रदर्शनमा ऐक्यबद्धता जनाउन डा गोविन्द केसी, अधिकारकर्मी कमला हेम्चुरीलगायत नागरिक समाजका प्रतिनिधिहरू माइतिघर मण्डला पुगेका थिए ।
Trending Now
- न्यून भिजिबिलिटीले गर्दा त्रिभुवन विमानस्थलबाट विमान डाइभर्ट
- रहेनन् पत्रकार कमल कोइराला
- Iran rejects Trump’s offer of direct nuclear talks
- आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु
- These are the 10 most powerful earthquakes of the 21st century
- पेरिसडाँडामा समाजवादी मोर्चाको बैठक जारी
- त्रिभुवन विश्वविद्यालय क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै
- आज इद पर्व मनाइँदै: देशभर सार्वजनिक विदा
- फोटो पत्रकार सुरेश रजकको ‘हत्यारा’लाई कारबाही गर्न पत्रकारहरूको माग
- स्वास्थ्य बीमा कोष बलियो पार्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय: संघीय अस्पताल
Comments are closed.