पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जाँदै

काठमाडौँ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि राति ११ बजे उनी सिंगापुरका लागि प्रस्थान गर्ने तय भएको उनको सचिवालयले जनाएको छ ।

पेटसम्बन्धी समस्याको उनले सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस सभापति समेत रहेका पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि सिंगापुर जाने तयारी छ ।

Comments are closed.